पर्वत प्रहरीले दुर्लुङ्ग पुगेर गर्यो यस्तो कार्यक्रम - News site from Nepal
पर्वत प्रहरीले दुर्लुङ्ग पुगेर गर्यो यस्तो कार्यक्रम

पर्वत– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित काफलचौर उच्च माद्यामिक बिद्यालयमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । सरुन्चौर टोल सुधार समितिका अध्यक्ष बेग बहादुर बि.कको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले समुदायको साथ र सहयोगको लागि प्रहरी प्रशासन तत्पर रहेको बताउनुभयो । सामाजमा आईपर्ने समस्याको बारेमा सम्बन्धीत निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य भएको बताउँदै शान्ति सुरक्षा काम गर्ने बारेमा कुनै कसर बाँकी नरहने बताउनुभयो । प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समाजमा उत्पन्न हुने अधिकांश अपराध मदिरा सेवनवाटनै भएको देखीएकाले त्यस्ता व्यक्तिहरुले आफ्नो आचारण सुधार गर्नुपर्ने, दुर्घटना न्यूनीकरणमा क्षमता भन्दा बढी यात्रु गाडीमा यात्रा गर्न नहुने, फेसबुक तथा सामाजिक संजालको प्रयोगबाट हुन सक्ने आपराधिक घटना प्रति सचेत रहनु पर्ने बताउनुभयो ।
त्यस्तै कुश्मा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तेजप्रसाद ऊपाध्यायले समाजमा सधै शान्ति स्थापना बनाई राख्न, बिकृति, बिसंगतीबाट बच्न आफू स्वयम अनुसाशनमा रही समाजको द्रुत बिकासका लागी सिपमुलक कार्यमा लाग्नु पर्ने बताउनुभयो । सो अवसरमा सामुदायिक सेवा केन्द्र कुश्माका निवर्तमान अध्यक्ष मानकुमारी गिरी, उपाध्यक्ष तिला गिरी, सामुदायिक सेवा केन्द्र कुश्माका ईन्चार्ज प्रहरी नायव निरीक्षक पूर्णिमा थापा, काफलचौर उच्च माद्यामिक बिद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु, ज्येष्ठ नागरीक, वुद्धिजीवी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको संयुक्त आयोजना र जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा जिल्ला अस्पताल परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझी, जिल्ला अस्पताल पर्वतका डा. सन्तोषी थपलिया, वरिष्ठ सि.अ.हे.व. यमप्रसाद शर्मा, सामुदायिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक पुर्णिमा थापा, जिल्ला अस्पताल समितिका सदस्य, अस्पतालका स्वास्थ्यकर्मी तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । जिल्ला अस्पताल कुश्मा पर्वतको परिसरमा रहेको फुलका क्यारीहरुको मर्मत संहारका साथै बोटविरुवा संरक्षण गरी स्वच्छ वातावरण सफा सुन्दर सभ्य नागरिकको पहिचान सहित सरसफाईको कार्यक्रमको आयोजना गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari