
पर्वत / नेपालमा भएका पछिल्ला परिर्वतन तथा उपलब्धीहरु नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गिय पुष्पलाल श्रेष्ठले बनाएको योजना र देखेका सपनाको कारण संभव भएको धारणा ब्यक्त गरिएको छ ।
नेकपाका संस्थापक महासिचब पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसर नेकपा पर्वत र पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा बोल्ने बक्ताहरुले पुष्पलालले दिएको बिचार र कार्यक्रमका आधारमा नै नेपालमा पछिल्ला राजनैतिक उपलब्धी हासिल गर्न संभब भएको धारणा राखेका हुन ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्र्चाज गुप्तबहादुर हमालले कांग्रेस र कम्युनिष्ट मिलेर निरंकुश शासनका बिरुद्ध लड्नुपर्छ भन्ने बिचारको जित भएका कारण पछिल्लो समयका उपलब्धी सम्म पुग्न संभब भएको बताए । ‘पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशा अनुरुप जान नसकेको भए निरंकुशताले घुँडा टेक्ने थिएन’ उनले भने ‘अब सबै कम्युनिष्ट एक भएपछि मात्रै समाजबादमा पुग्ने लक्ष्य हासिल गर्न सक्छौ’ पुष्पलाले लेखेको घोषणापत्र र नयाँ जनवादी कार्यक्रमकै कारण बामपन्थी आन्दोलनले उपलब्धी हासिल गर्न सकेको चर्चा गर्दै केन्द्रिय सदस्य हमालले उहाँले देखेको सपना अनुसार उपलब्धी हासिल भएपनि परिर्वतनको अनुभूति दिलाउने काममा चुक्न हुँदैन भन्नुभयो ।

नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका सदस्य पदम गिरीले अहिलेका सबै उपलब्धी पुष्पलालको बिचार र सपनाको परिणाम भएको बताउँदै पुष्पलालको सपना अनुसार पार्टी तथा सरकारले काम गर्न नसके जनताले सडकमा पु¥याउने दिन आउन सक्ने चेतावनी पनि दिए । ‘पुष्पलालले रोपेको बिरुवाको फल हामीले खाईरहेका छौ’ उनले भने ‘अब देशको जिम्मा हाम्रोे काँधमा आएको छ, जिम्बेवारी पुरा गर्न नसक्दा सडकमा र्झन बेर लाग्नेछैन’ उनले संघ, प्रदेश र स्थानिय तहमा समेत नेकपाका सरकारले राम्रो काम गर्दै परिवतनको अनुभूति दिलाउन कुनै कसर बाँकी राख्न नहुने कुरामा जोड दिए । कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान पर्वतका अध्यक्ष मित्रलाल बस्यालले पुष्पलालको सपना र योजना अनुसार कम्युनिष्ट मात्रै होइन कांग्रेस समेत लाग्न सक्नुपर्ने कुरामा जोड दिए । पुष्पलाल स्मृतिदिवसको अवसरमा कुस्मा नगरपालिकाको बान्द्रेबुँडी चौरमा बृक्षारोपण गरिएको छ ।
