पर्वतको खरेहा –ज्ञादी जोड्ने झोलुंगे पुल नजिकै दुई सय बृक्षारोपण - News site from Nepal

पर्वत–पर्वतको कुश्मा नगरपालिका–७ खरेहालाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने थालिएको छ ।
सदरमुकाम कुश्मा बजारसँगै जोडिएकोे खरेहालाई धार्मिक एवम् पर्यटकिय गन्तव्य बनाउन स्थानीयवासी लागि परेका छन् । वडामा भित्र रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण एवम् प्रवद्धन गर्ने र पर्यटकिय स्थलको प्रचारप्रचार गर्ने लागेको स्थानीयबासीले बताएका छन् । स्थानीय र जनप्रतिनिधिको सक्रियासंगै विहीवार मध्यपहाडी लोकमार्गसँग जोडिएको खरेहालाई सफा र स्वच्छ बनाउन स्थानीयवासीले सडक छेउछाउमा बृक्षरोपण गरेका छन ।
२५ सय ६३ औँ बुद्ध जयन्तीको अवसर पारेर आज खरेहा –ज्ञादी जोड्ने झोलुंगे पुल जाने सडक छेउमा २ सय ओटा धूपी र असोकाका विरुवा रोपिएको छ । दुई वटा सडक मध्ये एउटा सडकमा धुपी र अर्को सडकमा अशोका विरुवा रोपेको वडाध्याक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।
खरेहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै जान थालेपछि यसको व्यवस्थित विकास तथा विस्तारमा लागि परिएको वडाध्यक्ष पौडेलल बताउनुभयो । साथै खरेहालाई शान्त, हरियाली र सुन्दर गन्तव्य बनाउन बृक्षरोपण गरिएको हो । बृक्षरोपणको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले नगरभित्रका सम्पूर्ण वडालाई धार्मिक तथा पर्यटकिय गन्तव्य बनाउन लागिपरेको बताउनुभयो । उहाँले पूर्वाधार विकास गदै यसको प्रचारप्रसारलाई व्यवस्थित गरेमा यहाँ आउने पर्यटक मार्फत स्थानीय सरकारको आम्दानी समेत बढ्ने बताउनुभयो । उपप्रमुख सिताकाफ्ले लामिछाने, इन्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत हरि पँगीनी लगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रमको संचालन कुश्मा नगरपालिका कर्मचारी लालप्रसाद पाध्यले गर्नुभएको थियो । कुश्मा नगरपालिकाको कार्यालयका अनुसार अहिले वडा नं. ७ बाट सुरुवात गरिएको यो अभियान वडाका १४ ओटै वडामा चलाईने छ । सबै वडाहरुमा धूपी र असोकाका साथै अन्य बिरुवाहरुको पनि वृक्षारोपण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!