सामाजिक विकास मन्त्री पुन भन्छिन् ‘डाक्टरहरु खटाएको ठाउँमा जान नमान्दा समस्या’ - News site from Nepal

पर्वत /गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले सरकारी डाक्टरलाई काममै खटाउन समस्या भएको गुनासो गरेकी छन ।
पर्वत अस्पताल बिकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री पुनले डाक्टरले बिरामी जाँच्न ठाउँमा जानै नखोज्दा काममा खटाउन कठिन भएको गुनासो गरेकी हुन ।
‘डाक्टरले जहाँ धेरै बिरामी छन त्यही जानका लागि रुची देखाउनुपर्ने हो’ मन्त्री पुनले भनिन ‘तर सरुवा भएका डाक्टरले बिरामीको चाप कम हुने प्राथमिक स्वास्थ्य केन्द्र रोज्दा काममा खटाउन समस्या भएको छ ।’ राज्यको सुबिधामा पढेका डाक्टर समेत काम खटाएको ठाउँमा नजानका लागि न्वारन देखिको बल लगाउने गरेको अनुभब सुनाउँदै मन्त्री पुनले भनिन सरकारको सुबिधामा पढेपछि राज्यका लागि पनि योगदान गर्नुपर्ने धारणा उनको छ । डाक्टरहरु सघ अन्र्तगत रहेकाले पनि प्रदेश सरकारले आवश्यकताका आधारमा जनशक्ति खटाउन समस्या परेको बताउँदै आएका छन ।
प्रदेश सरकारले बजेट बिनियोजन गर्ने समयमा धेरै अस्पतालहरु संघ र स्थानिय तह अन्र्तगत रहेको र अहिले प्रदेश मातहत जाँदा बजेट ब्यबस्थापनमा समस्या भएको पनि मन्त्रीको भनाई थियो । पहिले प्रदेश मातहत कम अस्पताल भएकाले प्रदेश सरकारले मातहतका अस्पतालमा सुत्केरी हुने महिलाका लागि समेत यस बर्ष बजेट बिनियोजन गर्न कठिन भएको र आगामी बर्ष त्यसलाई पुरा गरिने प्रतिबद्धता जनाईन । स्वास्थ्य सेवाका क्षेत्रमा संघ र स्थानिय सरकार उद्दार बन्न नसकेको र बजेट र जनशक्ति ब्यबस्थापनमा समेत सहयोग नगरेको उनको अनुभब छ । पर्वत अस्पतालमा जनशक्ति, उपकरण र अन्य ब्यबस्थापनका लागि आफुँले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाईन । प्रदेश सरकारले हरेक बिद्यालयमा पुगेर स्वास्थ्य शिक्षा अभियान चलाउने तयारी गरेको उनले जानकारी दिइन ।
पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले पर्वत अस्पतालमा जनशक्ति अभाब भएको, औषधी खरिदका लागि नगरपालिकालाई बजेट दिइएकाले समस्या भएको, डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि आवास सुबिधा नहुदा नियमित काममा खटाउन समस्या परेको बताएका थिए । अस्पतालमा एम्बुलेन्स चालक नहुँदा काममा समस्या भएको लगायतका समस्या अस्पतालका तर्फबाट निमित्त सुपरिटेण्डेन्ट डा. सन्तोषी थपलियाले राखेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!