पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मालढुंगा बस दुघर्टनाका घाईतेहरूलाई मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर भेट्नुभएको छ ।
मणिपालमा रहेका १० जना घाईतेको स्वास्थ अबस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले घाईतेको उपचार राम्रोसंग गर्न अस्पताल ब्यबस्थापनलाई निर्देशन समेत दिनुभएको थियो ।
अस्पतालमा उपचार गराईरहेका घाईते र उपचारका बारेमा डा बिजयी सिङग्गेले जानकारी दिनुभयो । उपचारका लागि लगिएका २३ जना बिरामी मध्ये अन्य १३ जना घाईते भने उपचारपछि घर फर्केका छन । घाईतेहरुको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
म्याग्दीको बेनीदेखि यहि माघ तीन गते विहान नारायणगढ तर्फ जाँदै गरेको वस पर्वतको मालढुंगामा दुर्घटनामा पर्दा सात जनाको मृत्यु र ३२ जना घाईते भएका थिए । घाईते मध्ये ९ जनाको काठामाण्डौमा उपचार भैरहेको छ ।