प्रधानमन्त्रीले स्विट्जरल्याण्डमा भने : नेपालले द्रुत विकास गरिरहेको छ (भिडियो) - News site from Nepal

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले द्रुत गतिमा विकास गरिरहेको बताएका छन् । स्विट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्चको कार्यक्रममा बोल्दै उनले आफ्नो देशमा हरेक पक्षको द्रुत परिवर्तन र विकास भएको बताएका हुन् ।

आर्थिक र भौतिक रुपमा पनि नेपालको विकास द्रुत गतिमा भएको उनले बताएका हुन् । ‘समृद्ध नेपाल सुखी नेपाली’ आफूहरुको मूल नारा रहेको भन्दै उनले आफूहरुको प्रयत्न आर्थिक विकासमा केन्द्रित रहेको बताए ।

कार्यक्रममा आयोजित आर्थिक मामिलाबारे एक बहसको क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् । यस क्रममा उनले नेपालमा नयाँ संविधान लागू भइसकेको र संघीय गणतन्त्रात्मक व्यवस्थामा आफूहरु प्रवेश गरेको पनि सुनाए ।

प्रधानमन्त्री ओलीले आफूहरुले समाजका सबै पक्षको विकाससँगै सामाजिक न्याय र समानतालाई पनि चिनाउँदै गरेको पनि बताए । खासगरी महिला सशक्तिकरण साथै पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन पनि आफूहरुले पहल गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!