पर्वत – क्षत्री समाज नेपाल पर्वतले गण्डकी प्रदेशका मूख्यमन्त्रीले पाउने गरि ज्ञापन पत्र वूझाएको छ । पर्वतका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत वूझाएको ज्ञापन पत्रमा घटस्थापनाका दिन देखी नौ दिन सम्म मनाईने नेपालको राष्ट्रिय पर्वको पहिलो दिन सार्वाजनिक विदा दिनू पर्ने माग गरेको छ । क्षत्री समाज नेपालले मुलुकमा विद्यमान विकृति, विसंगति, विभेद तथा राष्ट्रिय स्वाभीमान एवं नेपाली विचको एकता र सदभावका निम्ति आत्मवल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रुपमा लिइंदै आएको पर्व घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रुपमा सम्मान गरि उक्त दिन सार्वजनिक विदा दिन माग गर्दै ज्ञापन पत्र वूझाएको हो । यो माग निशर्त पूरा नभएसम्म क्षत्री समाज नेपालले निरन्तर आन्दोलन रुपमा अगाडी वढाउने जनाएको छ ।
विजया दशैको शुभारम्भको दिन पनि भएकाले वैदिक विधिविधान अनुसार दशैंका दिन आत्मवल एवं मनोवैज्ञानिक शक्ति आर्जन एवं जीवनलाई उत्सर्गमय बनाउन मान्यजन तथा अग्रजहरुबाट प्रेरणारुपी आर्शिवाद प्राप्त गर्दै शीरमा लगाउने जौ,मकैका जमरा अङ्कुरण गर्ने प्रारम्भको दिन पनि घटस्थापना भएकाले उक्त दिनलाई हर्सोउल्लासका साथ मनाउनका लागी सार्वाजनिक विदा दिनूपर्ने क्षेत्री समाज प्रदेशका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्रीले वताउनू भयो ।

परिवर्तन,समानता र विकासका नाममा तिनै आयातित संस्कृति र सभ्यताका संरक्षण प्रतिवद्ध रहनुले सरकार आपनो मौलिक धर्म संस्कृतिका विदाहरु काट्दै गएको क्षेत्री समाजका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादूर भण्डारीले वताउनू भयो ।
नेपाल सरकार अरु आयातित धर्मसंस्कृति वाट बढी प्रभावित र आश्रित भएकोले सचेत वनाउनू क्षेत्री समाजको दायित्व क्षेत्री समाजमा रहेको छ । ८१% हिन्दू र १३% ओमकार परिवार गरि ९४% नेपालीहरुको आस्थाको पर्व घटस्थापना नेपालको मौलिक एवं साझा पर्वका रुपमा सदियौं देखि मनाइंदै आएकोमा केही वर्ष देखि आयतित धर्म, संस्कारको प्रभावमा परि संघिय सरकारले उक्त पर्वलाई ओझेलमा मात्र नपारी अपमान गरेको अवस्था प्रति आम राष्ट्रवादी नेपालीहरुको गम्भिर ध्यानकर्षण भएको क्षत्री समाजको ज्ञापन पत्रमा उल्लेख छ ।

उक्त ज्ञापन पत्र क्षेत्री समाज पर्वतका सचिव गणेश वहादूर क्षेत्रीले वाचन गरि प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापन पत्र वूभ-दै प्रमूख जिल्ला अधिकारीले आजै गण्डकी प्रदेशका मूख्यमन्त्रीको कार्यालयमा पठाउने विस्वास दिलाउनू भयो । जातिय सद्भाव र एकताका लागी क्षत्री समाजको भूमिकालाई धन्यवाद दिनू भयो ।
उक्त अवसरमा क्षेत्री समाजका गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री,पर्वतका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादूर भण्डारी, क्षत्री समाज कूश्मा नगरका संयोजक निर्मलचन्द्र क्षत्री,फलेवास नगरका संयोजक वावूकाजी घिमिरे,जलजलाका संयोजक खड्कराज कार्की,लगायत महिला समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।