बागलुङको घुम्टे युवा परिवारद्वारा एकल महिलालाई सोलार बत्ती र पक्की शौचालय निर्माण - News site from Nepal

बागलुङ – हिजो आज विद्युत नपुगेको र घरमा पक्की शौचालय नहुने घर भेटनै मुस्किल जस्तै बनिसकेको छ । तर गलकोट नगरपालिका ७ मल्म भल्साङकी एक एकल वृद्वा झण्डै ४ दशक अध्यारो रात कटाउन र पाखा झाडीमा सौच गर्न बाध्य थिईन ।
मल्ममा वि.सं २०५६ मा स्थानिय दरम खोलाबाट विद्युत उत्पादन गरि सञ्चालनमा ल्याईएको थियो । त्यस्तै वि.सं २०६८ देखि केन्द्रिय विद्युत समेत विस्तार भई अहिले पुरै वडामा विद्युत पुगेको छ । मल्म भल्साङकी मन कुमारी थापाको घरमा केहि दिन पहिले सम्म न विद्युत, न शौर्य उर्जा न पक्की शौचालय नै थियो । एकल वृद्वा थापाले टुकी र दियालोको भरमा ४ दशक बिताए पछि गहिले उनको घरमा सौर्य उर्जाले रात झलमल्ल भएको छ भनें पक्की शौचालय समेत निर्माण भएको छ । |
सॅधै अध्याॅरो हुने घरमा अहिले झलमल्ल हुॅदा उनी निकै खुसी भएकी छन । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले उनको जीवनमा यो खुसी प्रदान गरेको हो । घुम्टे युवा परिवार जापान शाखाको सकृयतामा त्यि एकल वृद्वालाई जापानमा रहेका संस्थाका शुभेच्छुकहरुबाट नगद रु ३ लाख संकलन गरिएको शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिए ।
संस्थाको केन्द्रिय कार्यालयको व्यवस्थापनमा ३ लाख बाट पक्की शौचालय निर्माण, सोलार सेट जडान, खानेपानी पाईप र हिल्टेक ड्रम वृद्वालाई सहयोग गरि बाॅकी २ लाख रुपैयाॅ वृद्वाको नाममा सहयोग गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले जानकारी दिए । उनका श्रीमान र २ छोराको मृत्यु भएपछि २० वर्ष यता उनि एक्लो जिवन विताइ रहेकी छन । एकल वृद्धा थापा घर परिवारमा आफ्नो भन्ने कोही नभएपछि बेसाहारा जस्तै भौतारिदै हिड्ने गरेको बताइन ।
संस्थाको आर्थिक सहयोग सॅगै पक्की शौचालय र सोलार बत्ती लगायत अन्य सामाग्री सहयोग पाएपछि आफ्नो जीवनमा खुशी अनि उत्साह थपिएको भन्दै खुसी व्यक्त गरिन । वि.सं २०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवारले स्थानिय स्तरमा सामाजिक कृयाकलापहरु गर्दै आईरहेको छ ।
समय समयमा तालिम, गोष्ठी, बेसाहारालाई सहयोग, सामाजिक जागरण लगायतका कार्यमा संस्थाले सकृयतापुर्वक भुमिका निर्वाह गर्दै आईरहेको घुम्टे युवा परिवारका संस्थापक सदस्य रामचन्द्र गौतमले जानकारी दिए । विगत लामो समय देखि टुकी र दियालोको भरमा जीवन गुजारा गर्दै आइरहेकी एकल वृद्वा मन कुमारी थापाको आय श्रोत एकल वृद्धाभत्ता मात्रै रहेको छ । उनको झण्डै ५ हल गोरु लाग्ने बारी छ तर बुडेसकाल लाग्दै गएपछि काम गर्न सक्ने अवस्था छैन ।
अभावै अभाव र गरिवी सँग जुध्दै बाचिरहेकी थापालाई सहयोगका लागि समन्वय गरिएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । त्यस्तै सात सय बगाले थापा समाज, फुलबारी आमा समुह र जनहित कला केन्द्र मल्मले एकल वृद्धाको गोठ मर्मत संम्भार लगायतमा सहयोग पु¥याएको थापा समाजका सचिव टोप बहादुर थापाले बताए ।
बिहान बेलुका एक छाक टार्न निकै गाह्रो भएकी एकल वृद्धा मन कुमारी थापाको लागि स्थानियबासी र फुलबारी आमा समूहले खाद्यान्न सामाग्री विभिन्न कार्यमा आवश्यक सहयोग समेत गर्दै आईरहेको समूहकी अध्यक्ष मन कुमारी खड्काले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari