कार्यक्रम उद्घाटन पछि बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले कुनैपनि संस्थामा नेतृत्वकर्ताको सक्रियता र ईच्छाशक्तिमा संस्था र संगठनको गरिमा बढ्ने वताउँदै नेतृत्वलाई सशक्त भएर लाग्न सुझाव दिनुभयो । नेता जोशीले ब्युटिसियन संघ बलियो भयोभने ट्रेड युनियन काँग्रेस बलियो हुने, ट्रेड युनियन काँग्रेस बलियो भए नेपाली काँग्रेस र नेपाली काँग्रेस बलियो भयोभने देशको लोकतन्त्र बलियो हुने दाबी गर्दै लोकतान्त्रिक पद्धतिको विकासका लागि पनि सबैको सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको थियो । उहाँले व्युटिसियन संघ पर्वत जिल्लामा भर्खर स्थापना भएको भएपनि कार्यसमितिमा रहेका उर्जावान महिलाहरुको कारण यस संस्थाको भविष्य राम्रो रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले पार्टीका भातृ तथा शुभेच्छुक संघ संस्थाहरूको सक्रियता र निरन्तरताले नै पार्टीको सांगठनिक जीवनमा नयाँ उर्जा पैदा हुने वताउँदै संगठनमा प्रतिबद्धताका साथ लाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछाने र नेपाल ट्रेड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल ब्युटिसियन संघ पर्वतका अध्यक्ष गिता गिरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन मनिषा उपाध्यायले गर्नु भएको थियो ।