पर्वतको चुवामा बोलेरो दुर्घटना, चार जना घाईते - News site from Nepal
पर्वतको चुवामा बोलेरो दुर्घटना, चार जना घाईते

पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित पोखरा–बागलुङ सडकमा बुधवार दिउँसो जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिवाङबाट पोखराको लागि छुटेको ढोरपाटन नगरपालिकाको ग २ च ५९८१ नम्बरको गाडी कुस्मा नगरपालिका चुवामा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक ढोरपाटन नगरपालिका वडा नं ६ का ३१ वर्षिय धनबहादुर कामी, सोहि ठाउँका ११ वर्षियाा मोना बिक, पोखरा उपमहानगरपालिकाका अभिशेष काफ्ले र ढोरपाटन नगरपालिका ९ का वर्ष ४६ का सोनाम गुरुङ घाईते भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनृुभयो ।
घाईते मध्य चालक कामीको अवस्था गम्भीर रहेको र अन्य घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!