विराट गुप्तेश्वर कोटीहोम:सातौ दिन सम्म २ करोड ५० लाख संकलन - News site from Nepal
विराट गुप्तेश्वर कोटीहोम:सातौ दिन सम्म २ करोड ५० लाख संकलन

पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको सातौ दिन पनि भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको सातौ दिनका गतिविधिहरुको कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले शुभारम्भ गर्नु भयो । उहांले तागाधारीहरुको पूरानो सनातन हिन्दू धर्म भएकाले यस्को संरक्षण र परिमार्जन गर्नु आजको आवश्यकता रहेको वताउनू भयो ।
सनातन वैधिक विधि अनूरुप धर्म संस्कृती,परम्परा चलेको हुनाले नेपाली समाज सभ्य र सुसंस्कृत रहेको धारणा राख्नू भयो । पर्वत जिल्लाको सदरमूकाम कूश्मा वजारमा अवस्थित विशाल कार्य लिएर सम्पन्न हून गईरहेको यस कोटीहोममा कूश्मा नगरपालिकाको तर्फवाट पूर्ण सहयोग गर्ने वचन दिनूभयो । कूश्मा नगरको केन्द्र भएका कारण पनि यसलाई धार्मिक हवको रुपमा विकास गर्न नगरपालिका लाग्ने वताउदै,नगरभित्र अवस्थित,गुप्तेश्रर,अलपेश्रर,सहस्रधारा,भुवनेश्ररी गुफा लगायत धार्मीक पर्यटन संग संवन्धित सवै क्षेत्रको विकास गर्ने वताउनू भयो । उहांले व्यक्तिगत रुपमा १ लाख जम्मा गरेर शिवपार्वतीको मुर्तिस्थापनाका लागी संस्थापक वन्ने घोषणा गरि सक्नू भएको छ ।
आज पनि भक्तजनको उपस्थितिले धार्मिक स्थलहरुको प्रवर्धन र त्यस संग सम्वन्धित पर्यटकहरुलाई आकर्षित गर्न तथा कोटीहोमले राखेका उद्धेश्य पूरा गर्नका लागी थप वल पूगेको मूल संयोजक पृथ्वी नारायण शर्माले वताउनू भयो ।
त्यसै गरि १०८ शिवलिड्ग निर्माणका लागी ६५ जनाले रु ५१ हजार र ज्यार्तिरलिड्ग स्थापनाका लागी कूश्मा नगरपालिका वडा नं. ४ निवासी कृष्ण वहादूर जोशीले ५ लाख जम्मा गर्ने घोषणा गरेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी गराउनु भयो ।
शिव पार्वतीको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम सातौं दिन सम्म २ करोड ५० लाख संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले वताउनू भयो ।  २ करोड नगद र ५० लाख वरावरको जग्गा प्राप्त भएको तथा सातौ दिन सम्म ७६ लाख होमन भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलले वताउनू भयो । आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली आठौं दिन झाकी सहित कथावाचन हुने आयोजक समितिका महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!