पर्वतको फलेवासमा गुप्तेश्वर कोटीहोमबारे अन्तरक्रिया, आवश्यक सहयोग गर्ने मेयर शर्माको प्रतिवद्धता - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा आगामी जेठ १ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको बिराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाका बारेमा पर्वतको फलेवास नगरपालिकामा अन्तरक्रिया गरिएको छ ।
फलेवास नगरकार्यपालिकाको बैठकमै मुख्य प्राथमिकतामा राखेर कोटीहोमको बारेमा छलफल गरिएको हो । पर्वतको समग्र धार्मिक पर्यटन विकासका लागि विश्वकै अग्लो शिवपार्वतीको मुर्ति, धर्मशाला र सिसमहल निर्माण, पर्वत जिल्लाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने र जिल्लाको समग्र आर्थिक विकासमा टेवा पु¥याउने उद्धेश्यले मेलाको आयोजना गरिएको हो । सो अवसरमा मेला आयोजक समितिका अध्यक्ष पृथ्वीनाराण शर्माले कोटीहोमको महत्व, आवश्यकता र हालसम्मको तयारीका बारेमा जानकारी दिँदै भव्य र सभ्य रुपमा सफल पार्नका लागि आवश्यक सहयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले पर्वतको समग्र विकासका लागि यो कोटीहोम कोशेढुंगा सावित हुने बताउँदै नगरपालिकाको तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो कोटीहोमलाई सदरमुकाम कुश्मामा मात्र सिमीत नराखि जिल्लाका भएका सवै धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रवद्र्धन हुने हिसावले संचालन गर्न उहाँले सुझाव दिनुभयो । मेयर शर्माले फलेवासका सम्पुर्ण जनप्रनिधिहरुले आर्थिक, भौतिक र नैतिक हिसावले सहयोग गर्ने बताउँदै उक्त कार्यको प्रसंसा समेत गर्नुभयो ।

सो अवसरमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले इतिहासमै पहिलोपटक जिल्लामा हुन लागेको कोटीहोम महायज्ञलाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधि, उद्योगी, व्यावसायी र आम नागरिकहरुको सहयोग भएमा मात्र मेला सफल हुने बताउनुभयो । कार्यक्रममा फलेवासका प्रमुख शर्मा, उपप्रमुख मञ्जु अधिकारी, कार्यकारी अधिकृत मोतीराम सापकोटा, ११ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीको सहभागिता रहेको थियो ।
आयोजकले यस अघि यस्ता खालका अन्तरिकृया जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लामा गरी ६० भन्दा बढि गरिसकेको छ । महायज्ञ आउन तीन साता मात्र बाँकी रहँदा सवैजसो तयारीहरु गर्न थालिएको मुल संयोजक पृथ्वीनारायण शर्माले जानकारी दिनुभयो ।
यस अघि आजै पर्वतका सहकारी संस्थाहरु, केहि दिन अघि र्बैंकहरु र अन्य सरोकारवाला संघ संस्थाहरुसँग अन्तरक्रिया तथा मेलाको तयारीका बारेमा छलफलहरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!