पर्वत नेकपा अध्यक्षमा सांसद गिरी र सचिबमा कुँवर - News site from Nepal
पर्वत नेकपा अध्यक्षमा सांसद गिरी र सचिबमा कुँवर

पर्वत–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । जस अन्तर्गत पर्वतमा सांसद गिरी अध्यक्ष बन्नुभएको छ भने सचिबमा पूर्व माओवादीका युवा नेता सुदीप कुँवर चयन हुनुभएको छ ।
गिरी पर्वतबाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ बिजयी हुनुभएको थियो । यस अघि २०७१ सालमा भएको तत्कालीन एमालेको जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । भने सचिब कुँवर माओवादी केन्द्रका पूर्व सचिब रहनुभएको थियो । विद्यार्थी राजनीतिमा सक्रिय कुँवर पछिल्ला वर्षहरुमा पार्टी राजनीतिमा सक्रिय बन्नुभएको थियो । गिरी कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्ग नवासी हुनुुहुन्छ भने कुँवर कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरी निवासी हुनुहुन्छ ।
पर्वत नेकपाको नेतृत्वमा दुवै युवा पुग्नुभएको छ । युवाहरुको नेतृत्वमा नेकपा सक्रिय भएर अघि बढ्ने कार्यकर्ताको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!