भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य गंगाधर तिवारीको संयोजकत्वमा आर्थिक समिति, नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सभापति एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीको संयोजकत्वमा प्राविधिक तथा अनुगमन समिति, नेपाली काँग्रेसका महासमिति सदस्य राधा कुवँर क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति र जिल्ला कार्य समिति सदस्य शिवप्रसाद सुवेदीको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको छ भने पार्टीका सबै भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुखहरुलाई मूल समितिमा राख्ने निर्णय गरिएको छ ।
शुक्रबारको भेलामा सबै भन्दा ठूलो रकम आर्थिक समितिका संयोजक गंगाधर तिवारीले गर्नुभएको थियो । तिवारीले १० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ । त्यस्तै अमृत जोशी स्मृति प्रतिष्ठानवाट उहाँका सुपुत्र युवराज जोशीले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भवन निर्माणका लागि सचिवालय समितिका संयोजक शिवप्रसाद सुवेदीले २ लाख १ हजार रुपैयाँ र नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले १ लाख ५१ हजार १ सय ११, प्रचारप्रसार समितिका संयोजक तथा महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले १ लाख ५१ हजार १ सय ५ रुपैयाँ, काँग्रेसका युवा नेता विप्लव हमालले १ लाख ५१ हजार, किशोर भण्डारीले १ लाख ११ हजार १ सय १ रुपैयाँ, रुद्र मोहन रिमालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, नेपाली काँग्रेसका जिल्ला सदस्य देबिप्रसाद विलासीले १ लाख ११ हजार १ सय ११, नेपाली काँग्रेसका जिल्ला सदस्य विषमकुमार श्रेष्ठले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, महासमिति सदस्य जीतवहादुर सुनार शेरबहादुरले १ लाख १ हजार १ सय ११ रुपैयाँ, जिल्ला सदस्य परशुराम पुरीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिक्षाविद् बसन्तकुमार कर्माचार्यले १ लाख १ हजार रुपैयाँ, कुश्मा नगरपालिका प्रमुख तथा प्राविधिक समितिका संयोजक रामचन्द्र जोशीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, पार्टी सभापति खिमप्रसाद भुसालले १ लाख १ हजार, जिल्ला सदस्य निर्मल विश्वकर्माले १ लाख १ हजार, रमाकान्त शर्माले १ लाख १ सय ११ रुपैयाँको सहयोग घोषणा गर्नुभएको छ ।
त्यसैगरि वडाअध्यक्ष राजकुमार क्षेत्रीले ५५ हजार ५ सय ९९ रुपैयाँ, नेपाली काँग्रेस धाईरिङका सभापति राजु आचार्यले ५५ हजार, ५ सय ५५ रुपैयाँ, नेपाल ट्रेड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केसीले ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्माले ५१ हजार १ सय ११, वडा अध्यक्ष अर्जुनवहादुर कार्कीले ५१ हजार १ सय ९९ रुपैयाँ, खड्कवहादुर कार्कीले ५० हजार ५ सय ५५ रुपैयाँ, जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञाशुले ५१ हजार ५ सय ५५, हरिप्रसाद शर्माले ५१ हजार, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्वुजा पुनले ५१ हजार १ सय ११ रुपैयाँ, अगन्धर तिवारीले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । भवन निर्माणका लागि कुलप्रसाद पोखरेलले ३५ हजार ५ सय ५५, मुक्तिराम पोखरेलले ३३ हजार ३ सय ३३, मीना कर्माचार्यले ३० हजार, कृष्णप्रसाद लामिछानेले ३० हजार, कुलप्रसाद शर्माले २६ हजार ५ सय, शान्तबहादुर गुरुङले २६ हजार १ सय, दिनेश श्रेष्ठले २५ हजार ५ सय ५५, रुद्रबहादुर रिमालले २५ हजार ६ सय, ज्ञानेश्वर गौतमले २५ हजार ५०, गोबिन्द पोखरेलले २५ हजार ९ सय ९९, दिनेश ढकालले २५ हजार ५ सय ५५, गणेशबहादुर क्षेत्रीले २५ हजार ५ सय ५५, ओमप्रसाद घायलले २५ हजार ५ सय ५५, छविलाल तिवारीले २५ हजार ५ सय ५५ रुपैयाँ दिने घोषणा गर्नुभएको छ । पिताम्बर शर्मा अधिकारीले २५ हजार ५ सय ५५, लेखनाथ उपाध्यायले २५ हजार १ सय ११, केशव शर्मा पौडेलले २५ हजार ५ सय ५५, कुलप्रसाद उपाध्यायले २५ हजार ५ सय २५, वालकृष्ण शर्माले २५ हजार १ सय ५१, प्रितम गुरुङले २५ हजार १ सय ५५, सुबेदार शुकबहादुर गुरुङले २५ हजार १ सय ५५, लेखनाथ पौडेलले २५ हजार ५ सय ५, हर्कवहादुर मल्लले २५ हजार ५ सय २५ , सुन्दरप्रसाद जोशीले २५ हजार ५ सय ५५, टेकवहादुर पूर्जा पुनले २५ हजार ७ सय ५, कालीभक्त शर्माले २५ हजार १ सय ११ दिने बाचा दिनुभएको छ । भवन निर्माणका लागि राम बास्तोलाले २५ हजार १ सय ११, हरिनारायण रेग्मीले २५ हजार ५ सय ५५, माया अधिकारीले २५ हजार ५ सय ५५ दिने प्रतिबद्धता व्यक्त गरेको प्रचारप्रसार समितिका संयोजक तथा महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले बताउनुभयो । डेढवर्ष भित्र भवन निर्माणको काम सक्ने लक्ष्य रहेको प्रविधिक समितिका संयोजक रामचन्द्र जोशीले बताउनुभयो । कुश्मा नगरपालिका ४ मा भवन निर्माण गर्ने पार्टिको योजना रहेको छ । वीपी स्मृति भवनको लागि वर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी जिल्ला सभापति रहँदा २०५४ सालमा १४ आना जग्गा खरिद गरिएको थियो । भवन निर्माण समितिमा यसअघिनै पार्टी उपसभापति दुर्गाबहादुर खत्री, सचिव विश्वप्रकाश प्रसाई र कोषाध्यक्षमा पार्टी कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्ण चयन हुनुभएको थियो ।