
पर्वत–नेपाल विद्यार्थी संघको ५० औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले आयोजना र जिल्ला रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको सहयोगमा सम्पन्न भएको कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले विद्यार्थीहरुको हकहितमा मात्र नभई सामजिक रुपमा नेविसंघ काम गरेको बताउनु भयो । उहाँले नेवि संघले रचनात्मक काम गदै अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्रवहादुर रिमाल, कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेवि संघ पर्वतका उपाध्याक्ष रामचन्द्र पौडेल आर.सी, धन्यवाद मन्तव्य जिल्ला सदस्य किसान थापा र कार्यक्रमको संचालन सचिव बरदान पौडेलले गर्नुभएको थियो ।