पर्वतको कालीगण्डकी एकेडेमीको २३ औँ बार्षिकोत्सवमा सम्पन्न, अबदेखि संस्कृत विषयमा पनि पठनपाठन - News site from Nepal

पर्वत । पर्वतको कालीगण्डकी एकेडेमीले संस्कृत भाषाको पठनपाठन पनि सञ्चालन गर्ने तयारी गरेको छ । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा पठनपाठन गराउन थालेको हो । बिद्यालयले आगामी शैक्षिक सत्रदेखि संस्कृत भाषामा पठनपाठन शुरु गर्न लागेको प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताउनुभयो । 
बिद्यालयले मंगलवार आयोजना गरेको २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बिद्यालयका भावि कार्यक्रम बारे जानकारी दिँदै कर्माचार्यले संस्कृत भाषाको रक्षा गर्न संस्कृत भाषाको विषयमा पठनपाठन गर्ने बताउनुभयो । 
विद्यालयले संस्कृत भाषाको पढाई शुरु गर्न लागेकोमा कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पनि राम्रो कदम भन्नुभएको छ । बिद्यालयहरु बाट समाजले धेरै कुरा सिक्ने भएकाले बिद्यालयले समाजमा असल सन्देश फैल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नगरप्रमुख जोशी कार्यक्रमको प्रमुख अतिथीको रुपमा कार्यक्रममा सहभागी हुनुभएको थियो । 
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरउपप्रमुख सीता काफ्ले लामिछानेले बोल्दै पर्वतमा सामूदायिक र संस्थागत बिद्यालयहरुका बिचमा अनुभव आदानप्रदान हुने गरेको भन्दै प्रसंसा गर्नुभयो । लामिछानेले सामूदायिक बिद्यालयले संस्थागत बिद्यालयबाट र संस्थागत बिद्यालयले सामूदायिक बिद्यालयबाट राम्रा अभ्यास सिको गर्दा शैक्षिक प्रगति गर्न सहज हुने बताउनुभयो । बार्षिकत्सवका अवसरमा अभिभावक र विद्यार्थी विचको सम्बन्धका बारेका प्रशिक्षण दिदै मनोविज्ञानका प्रशिक्षक रमेश पराजुलीले अभिभावकहरुलाई आफ्ना बालबालिकाको मनोबिज्ञान बुझेर उनीहरुको रुची अनुसारको व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । 

पराजुलीले बालबालिकालाई मोवाईल मोह बढ्दा त्यसले मनोबिज्ञानमा नराम्रो असर पर्ने औल्याउनुभयो । अभिभावकले राम्रा अभ्यास बालबालिकाका अगाडी प्रदर्शन गरेमात्रै बालबालिका असल बाटोमा लाग्ने पराजुलीले बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा उपसचिव रुद्रनारायण सापकोटा,गुप्तेश्वर बहुमुखी क्यामपसका प्रमुख सुवास पन्त,अभिभावक प्रकाश सुवेदी ,प्याव्सन पर्वतका अध्यक्ष बलराम शर्मा, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्र कला शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभयो । 
कार्यक्रममा बिद्यार्थीहरुले नृत्य र गित प्रस्तुत गरेका थिए । बिद्यालयले आयोजना गरेको आन्तरिक प्रतियोगितामा उत्कष्ठ भएका बिद्यार्थीहरुलाई उक्त अवसरमा पुरस्कार वितरण गरिएको छ । विद्यालयका सहायक प्रिन्सीपल गोविन्द पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!