
बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेटन् शीतलनिवास जान लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए । उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।