पर्वतका सिडीओको समुहले पछार्यो समन्वय समिति संयोजक मनोहर बी पौडेलको समुहलाई - News site from Nepal

पर्वत– पर्वत जिल्लामा संविधान दिवस २०७६ को अवसरमा मैत्रीपूर्ण फूटवल सम्पन्न भएको छ । समन्वय समिति संयोजक भर्सेस प्रमुख जिल्ला अधिकारीको टोली विच शसस्त्र प्रहरी बल चण्डीका गणको मैदानमा सम्पन्न भएको हो ।
प्रमूख जिल्ला अधिकारीको टोलीले ४ गोल गर्दै विजयी भएको छ । ४ गोलका विरुद्ध समन्वय समिति संयोजकको टोलीले कुनै पनि गोल गर्न सकेन । एक घण्टा समय निर्धारण गरि खेलाइएको खेलमा राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरीक समाज, संचारकर्मी, कर्मचारीहरुको सहभागीता रहेको थियो ।
मैत्रीपूर्ण फूटवल खेल रोमाञ्चक तरीकाले सम्पन्न भएको थियो । खेल शूरु भएको २ मिनेटमा प्रमुख जिल्ला अधिकारीको टोलीले गोल गदै खेललाई अगाडी वढाएको थियो । पहिलो गोल जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनराज रायमाझीले गर्नु भएको थियो ।
आज भएको मेत्री पूर्ण खेलमा जिल्ला समन्वय समितकिा संयोजक मनोहर वि पौडेल,कूश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी,फलेवास नगरपालिकाका मेयर पदमपाण्ी शर्मा, जिल्ला न्यायधिस सूर्य वहादूर थापा लगायतको सहभागिता रहेको थियो । फूटवल खेल प्रतिस्पर्धात्मक रुपमा संचालन भएको थियो ।


जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन सहायक प्रमूख जिल्ला अधिकारी अमृत सूवेदीले गर्नुभएको थियो ।

पर्वतमा संविधान दिवस मनाउने क्रममा बिहीवार विहान जिल्ला अस्पतालको परिसरमा सरसफाई सम्पन्न भएको छ । साँझ कार्यालय घरघरमा वेलूका दिप प्रज्वलन भएको छ । आज विहान जिल्ला प्रशासन कार्यालयको परिसर वाट ७ वजे प्रभातफेरी कार्यक्रम संचालन गरि शहिद गोविन्द नाथको शालिकमा माल्यर्पण गरि जिल्ला समन्वयको सभाहलमा कार्यपत्र पेश गरि अन्तरकृया कार्यक्रम संचालन गर्ने जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले जानकारी दिनुभयो । भोली विहान जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरि सशस्त्र प्रहरी गणको हाता भित्र वृक्षारोपाण गरिने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari