
पर्वत–पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा खानेपानी टंकीको निर्माण कार्य सम्पन्न भएको छ । वडा कार्यालयको १३ लाख र स्थानीय जनसमुदायको श्रमदानमा खानेपानी टंकी निर्माण गरिएको हो ।
टंकी सम्पन्न भई संञ्चालनमा आएको छ । गत आर्थिक बर्ष देखी शुरु भएको योजना भर्खरै सम्पन्न भएर सञ्चालनमा आएको छमर्के खानेपानी तथा सरसफाई समितिका अध्यक्ष टेकनारायण श्रेष्ठले बताउनु भयो । करिव १ सय १७ घर रहेको उक्त गाउँमा निजी धारा निर्माण गरेर घरघरमा खानेपानी पु¥याएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विगतमा खानेपानी नहुँदा समस्या भोगेका स्थानीयवासी खानेपानी योजना सम्पन्न भई संचालनमा आएपछि हर्षित भएका छन् । करिव ५० हजार घन मिटर खानेपानी टंकीको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै जोशीले ‘एक घर एक धारा’ कार्यक्रम अनुसार छमर्केमा खानेपानी टंकी निर्माण गरिएको बताउनु भयो । आफ्नो ध्यान नगरको समृद्धि र विकास मात्र रहेको बताउँदै जोशीले विकास निर्माणका काममा सवै एक जुट हुनुपर्ने बताउनु भयो । स्थानीय जनसमुदायको श्रमदानमा निर्माण भएका योजना दिगो र टिकाउ हुने धारण राख्नुभयो । नगरको विकासमा आफुनो कुनै स्वार्थ नभएको जिकिर गदै नगरवासीको आवश्यकता सँग आफ्नो स्वार्थ जोडिएको बताउनु भयो ।
कार्यक्रममा कुश्मा नगरपालिका प्रशासकिय अधिकृत सुवास लामिछानेले विकास निर्माणमा दलगत स्वार्थ त्यागेर लाग्न सुझाव दिनुभयो । उहाँले नगरको विकास र समृद्धिका लागि स्थानीय जनसमुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै दिर्घकालिन योजनामा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका–४ का वडाध्यक्ष मिना कर्माचार्यले वडामा धेरै विकास निर्माणका काम भएको दावी गर्नुभयो उहाँले आफू विकास निर्माण प्रति समर्पित हुने र जनतालाई असर पर्ने खालको कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त योजना स्थानीयको सक्रियतामा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । छमर्के खानेपानी तथा सरसफाई समितिका अध्यक्ष टेकनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टंकी निर्माण समितिका अध्यक्ष युवक श्रेष्ठ, स्थानीय समाजसेवी रामेश्वर श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य खानेपानी उपभोक्ता समितिका सदस्य खडानन्द चपागाई र कार्यक्रमको संचालन देवी चपागाईले गर्नुभएको थियो ।