बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई- मुटुरोगबाट बच्नका लागि यस्तो सल्लाह दिनुहुन्छ -एकपटक पढौ, (भिडियो सहित) - News site from Nepal

  पर्वत– नेपालमा दिन प्रतिदिन मुटरोगका बिरामीहरु बढ्दै गइरहेका छन् । कुल जनसंख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्यांक देखिन्छ ।
भने जन्मजात मुटुरोगीको संख्या १ प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापरवाहि गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले सुझाउनुभएको छ । उहाँले जीवनशैली र खापानमा सुधार गर्ने हो भने मुटु रोगबाट धेरै हदसम्म बच्न सकिने बताउनुभएको छ । पर्वतको कुश्मामा आउनुभएका डाक्टर भट्टराईले पत्रकार लक्ष्मण सापकोटासँग पञ्चासे एफ.एममा कुरा गर्दै मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने बताउनुभयो । 
उहाँले धुम्रपान नगर्ने, शरीरमा कोलस्ट्रोल र सुगरको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्वोहाईडे«ड जन्य चीजहरु कम खानाले मुटुरोगवाट बच्न सकिने उहाँको सुझाव छ । उहाँले भात, आलु, बोसोजन्य मासु, र चिल्लोपदार्थ कम खानुपर्ने बताउनुभएको छ । त्यसैगरी फलफुल र सागपात बढि मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्ने बताउनुभयो । दिनमा कम्तिमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने बताउनुभयो ।
ताकि शरिरबाट पसिना आउनेगरी परिश्रम वा व्यायम गर्नुपर्दछ । उहाँले वर्षको एक पटक नियमित स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो । रगत, पिसाव जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्था भन्दा फरक संकेत देखिएमा तत्काल स्वास्थ्य परिक्षण गराउन पनि उहाँले सुझाव दिनुभएको छ । उहाँले जुनसुकै उमेर समुहका नागरिकहरु पनि सचेत हुनुपर्ने बताउनुभयो । आफ्नो स्वास्थ्यप्रति थोरै मात्र सचेत र सजग हुने हो भने पनि संवेदनशिल अंग मुटुरोगबाट बच्न सकिने उहाँको भनाई रहेको छ । 
उहाँले आवश्यक जनशक्तिको अभाव र सरकारको निति नियमको कमि कमजोरीका कारणले सवै तहका नागरिकसम्म मुटुरोग उपचारको पहुँच पुग्न नसकेको बताउँदै मुटु सम्वन्धि जस्तोसुकै रोगको उपचार र सल्यक्रिया नेपालमै हुने बतानुभयो । उहाँले विपन्न नागरिकहरुलाई राज्यले केहि सहुलियत दिन थालेको बताउनुभयो । उहाँले मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताउनुभयो । पर्वतकै मोदी गाउँपालिकामा जन्मिनुभएका डाक्टर भट्टराईले पर्वत जिल्लामा ३० प्रतिशत मुटुरोगी रहेको बताउनुभयो ।
सेभ द हार्टका संस्थापक समेत रहनुभएका डा भट्टराईले विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविर संचालन गरि विपन्न र अनाथ नागरिकहरुको मुटुरोग परिक्षण र उपचार गर्दै आएको जानकारी दिनुभयो । उहाँले नेपालमा सबै किसिमको मुटुको अप्रेसन सम्भव भएको बताउँदै भल्भ फेर्ने सर्जरी, बाईपास सर्जरी, जन्माजात मुटुरोगीहरुको प्वाल टाल्ने अप्रेसन, मुटुको नली फुटेको सर्जरी हुने बताउनुभयो । कृतिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाईस भनिने उपचार भने नेपालमा उपलब्ध नभएको उहाँको भनाई छ ।

डाक्टर अनिल भड्डराईसँग गरिएको कुराकानी भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!