पर्वतकी सिडीओ घिमीरे प्रहरी कार्यालयको हिरासत कक्षमा - News site from Nepal
पर्वतकी सिडीओ घिमीरे प्रहरी कार्यालयको हिरासत कक्षमा

पर्वत– पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुग्नुभएको छ ।
सिडीओ नेपाल जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण भ्रमणका क्रममा प्रहरी कार्यालय पुग्नुभएको हो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुम, अनुसन्धान, अन्तर्वाता कक्ष, हिरासत कक्ष, थुनुवाको अवस्था, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, प्रहरी विशेष तथा कार्य शाखा तथा महिला तथा वालवालिका सेवा केन्द्र समेतको निरीक्षण अवलोकन गर्नु भएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालयको सम्पुर्ण अवस्था एवम् मातहत प्रहरी युनिटहरुको अवस्थाको वारेमा उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराउनुभएको थियो ।
सो अवसरमा प्रजिअ नेपालले यस कार्यालय तथा मातहत ईकाईमा कार्यरत प्रहरी कर्मचारीहरु समेतलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!