
पर्वत–पर्वत सदरमुकाम कुश्माबजारमा आगामी जेठ १ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा पनि वडा समिति गठन गरिएको छ ।
सोमवार माटेदेबल माविमा आयोजित भेलाले धनेश्वर रेग्मीको अध्यक्षतमा १५ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिबमा खडानन्द सापकोटा रहनुभएको छ ।
कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले महायज्ञलाई लक्ष्य अनुरुप सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै सहभागि हुन आग्रह गर्नुभयो ।
फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलको अध्यक्षतामा सम्पन्न भेलामा मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्षहरु चन्द्रबहादुर खत्री, मानकुमारी गिरी, डाक्टर चुडामणी शर्मा, कमलनाथ पोखरेल लगायतलको उपस्थिति रहेको थियो । सो अवसरमा प्रवक्ता गौडेलले महायज्ञको लागि मुडिकुवा र फलेवास नगरपालिकाबाट आवश्यक सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका महासचिब अच्युत तिवारीले गर्नुभएको थियो । नेपालकै ठुलो शिव पार्वतीको मुर्ति, सिस महल र धर्मशाला बनाउने लक्ष्यका साथ कोटीहोम आयोजना गरिएको हो ।