पर्वत–डिभिजन वन कार्यालय पर्वतले विभिन्न ठाउँमा बाँदर आतंकको नाममा बन फाँडानी भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
स्थानीय तहको निर्णय भन्दै कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका विभिन्न वडामा रुख काट्ने काम धमाधम भैरहेको छ । जथाभावी बन काट्दा गम्भिर प्रतिकूल वातावरणीय समस्या उत्पन्न हुनसक्ने र अर्का्तिर ब्यक्तिको सहमति विना त्यसरी रुख कटान गर्दा ब्यक्तिको सम्पत्ति र स्वच्छ वातावरण सम्बन्धि हक समेत हनन् हुनसक्ने भएकोले विधि र प्रक्रिया पुराई ब्यक्तिको सम्पत्ति र वातावरणीय स्वच्छता सम्बन्धि हक समेतलाई मध्यनजर राखि आफ्नो अधिकारक्षेत्र भित्र रहेर कार्य गर्न गराउन बन डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
फलेवास नगरपालिका ४ मुडिकुवा, ३ शंकरपोखरी, कुश्मा नगरपालिका ९ कटुवाचौपारी र १० पिपलटारीमा रुख कटानको काम एक महिना देखि चलिरहेको छ ।बन कटानको क्रममा बनको अनुमती नलिएको हुनाले समस्या उत्पन्न हुन सक्ने बन कार्यालयले जनाएको छ ।