गुप्तेश्वर कोटीहोमको समिति ठुलीपोखरीमा पनि, अध्यक्षमा सापकोटा - News site from Nepal

पर्वत–आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि ठुलीपोखरीमा पनि वडा समिति गठन गरिएको छ ।
आइतवार ठुलीपोखरीमा आयोजित भेलाले हेमराज सापकोटाको अध्यक्षतमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिबमा गुमा गौतम रहनुभएको छ ।
भेलामा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछानेको विशेष उपस्थिति रहेको थियो । उहाँहरुले महायज्ञलाई सभ्य र भव्य बनाउन सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै सहभागि हुन आग्रह गर्नुभयो । उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभभयो ।
कुश्मा नगरपालिका वडा नं. १२ का अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा ठुलीपोखरीबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका महासचिब अच्युत तिवारीले गर्नुभएको थियो ।
आइतवारनै कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीमा पनि समिति गठन भएको महासचिब तिवारीले जानकारी दिनुभयो ।
नेपालकै ठुलो शिव पार्वतीको मुर्ति, सिस महल र धर्मशाला बनाउने लक्ष्यका साथ कोटीहोम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!