आठौ राष्ट्रिय खेलकुद २०७५ को लागि पर्वत क्रिकेट टिमको बिदाई - News site from Nepal
आठौ राष्ट्रिय खेलकुद २०७५ को लागि पर्वत क्रिकेट टिमको बिदाई

पर्वत – प्रदेश ५ को विभिन्न ठाउँमा सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद २०७५ को लागि जिल्ला खेलकुद विकास समिति पर्वतले एक कार्यक्रमबीच क्रिकेट खेलाडीलाई विदाई गरेको छ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा विधाइ कार्यक्रम सम्पन्न भएको हो । आठौ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गत गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता २०७५ पर्वत क्रिकेट टिममा पारस लामिछाने (टिम कप्तान) ,अजय लामिछाने (विकेट किपर), कमल रिजाल, अाकाश बहादुर, बिनोद नेपाली, राजु थापा, दिपेन्द्र लामिछाने, निर्मल छेत्री त्यसैगरी U-19 खेलाडी मान बहादुर छेत्री, अर्बिन्द कार्कि र पासिङ्ग पुन , U-16 खेलाडी अभिषेक थापा, सुजन गौचन र अम्रित श्रेष्ठ रहेका छन् भने टिम कोच रेशम बहादुर केसी र टिम अपिसियल साजन श्रेष्ठ रहनुभएको छ । पोखरा रंगशालामा फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पर्वतले आफ्नो पहिलो खेल फागुन ९ मा स्याङ्जा संग खेल्नेछ भने दोस्रो खेल फागुन १० गते तनहुँ र तेस्रो खेल फागुन ११ गते नवलपुर सँग खेल्ने छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङले देशभरिनै क्रिकेट खेलले चर्चा कमाइरहेको बेला पर्वत क्रिकेट टिमले पनि अनुशासित भई उत्कृष्ट नतिजा हासिल गरी पर्वत जिल्लाको लागि पदक ल्याउन शुभकामना दिनुभयो।
यसैगरी सिमित स्रोत-साधनका बाबजुद पनि प्रतियोगिताका टिमले राम्रो तयारी गरिरहेको र राम्रो नतिजा ल्याउने अपेक्षा भएको टिम कोच रेशम बहादुर केसीले जानकारी दिनुभयो। विदाई कार्यक्रम जिल्ला खेलकुद विकास समितिपर्वतका सदस्य तथा तेक्वान्दो प्रशिक्षक भरत श्रेष्ठले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!