पर्वत :- जिल्ला अस्पतालको सरसफाईमा कार्यालयमा कार्यरत जनशक्तिको अभाव भएपछि जिल्ला प्रहरी कार्यालयले विभिन्न निकायको साझेदारीमा साप्ताहिक रुपमा सरसफाई गर्न थालेको छ ।
समुदाय प्रहरी साझेदारी र्काक्रम अन्तर्गत विगत दुई सातादेखि अस्पताल परिसर सरसफाई गर्न थालेको हो । दैनिकजसो उपचारका लागि आउने बिरामीहरुको सहजता र अस्पताल परिषरको बातावरण स्वच्छ सफा र हराभरा बनाउने उद्धेश्यले हरेक हप्ता सरसफाई कार्यक्रम संचालन गर्न थालिएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
यसैबीच शुक्रवार पनि अस्पताल परिसरमा सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा जिल्ला अस्पताल विकास समिति, उद्योग बाणिज्य संघ, ट्राफिक प्रहरी लगायतको सहभागितामा सरसफाई गरिएको हो ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी, प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तिला गिरी, सामुदायिक प्रहरी ईन्चार्ज प्रहरी सहायक निरीक्षक पुर्णिमा थापा, ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक रामकृष्ण गौली, अस्पताल विकास समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।