बस दुर्घटनामा मृतक र घाईतेलाई जलजलाले किरीया र उपचार खर्च दिने - News site from Nepal

पर्वत– ः बिहीवार भएको बस दुर्घटनामा परी मृत्यु भएका यात्रुका परिवार र घाईतेलाई पर्वतको जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । मृतकका परिवारलाई किरीया खर्च स्वरुप रु १५ हजार र घाईतेको परिवारलाई उपचारका लागि रु ५ हजार रुपैया सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले बस दुर्घटनामा परि मृत्यु हुनेका परिवारलाई तत्कालका लागि रु.१५ हजार र उपचार गराईरहेका घाईतेहरुलाई रु ५ हजार तत्काल उपलव्ध गराउने निर्णय भएको बताउनुभयो ।
‘जलजला गाउँपालिकाकै अधिकांस यात्रुहरुको मृत्यु तथा घाईते भएकाले पीडित परिवारलाई सहानुभूति स्वरूप सानो सहयोग गर्ने निर्णय गरेका हौं’–अध्यक्ष मल्लले भन्नुभयो । दुर्घटनामा जलजला गाउँपालिकाका वडा नं. ७ र ८ का गरी ४ जनाको मृत्यु भएको थियो ।
त्यस्तै जलजला गाउँपालिकाकै १४ जना घाईते भएका छन् । उनिहरुको पोखरा र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बिहीवार विहान म्याग्दीको बेनीबाट नारायणगढका लागि हिडेको ग१ख ६१०८ नम्वरको बस कुशमा नगरपालिका वडा नं. १ मालढुंगामा दुर्घटना हुँदा ७ जनाको मृत्यु र ३१ जना घाईते भएका थिए । तीन जनाको घटना स्थलमा र चार जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाईते मध्ये ९ जनाको काठमाण्डौ र २२ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!