पर्वत–शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहदुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्वजनिक गरे ।
भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप गरेको । प्रहरीले जवरजस्ती रुपमा उद्योगमा छिरेर हस्तक्षेप गरेको भन्दै उनले आपत्ति मात्र जनाएका छैनन प्रहरीको ज्यादती र संघीयताको मर्मत विपरितको काम गरेको आरोप समेत गरेका छन् । आफु उद्योगमै भएका बेला प्रहरीले हस्तक्षेप गरको अध्यक्ष मल्लको आरोप छ । नियमानुसार संचालन गर्दा पनि प्रहरीले संचालनमा बाधा पु¥याएको मल्लको आरोप रहेको छ ।
उनले प्रहरीलाई यस्ता ज्यादती बन्द गरी अपराध अनुसन्धा, दुर्घटना न्यूनिकरण र अन्य काममा लाग्न आग्रह गरेका छन् । उनले प्रहरीले पटक पटक विभिन्न प्रलोभनमा आफुलाई दुःख दिएको आरोप समेत लगाएका छन् । यता प्रहरीले भने नियम विपरित नदि उत्खनन् गरेर उद्योग चलाएकोको भन्दै अनुगमन गर्न गएको बताएको छ ।
अध्यक्ष मल्लले यदि अवैध नै हो भने उद्योगहरु राज्यले बन्द गरिदिनुप¥यो, होईन भने संचालन गर्न दिनुप¥यो मल्लले भने । उनले सँधै दुःख दिने प्रहरीको नियतले करोडौ रुपैयाँ घाटामा गएको पनि बताउनुभएको छ ।
Facebook Video