पर्वत – आर्थिक अभावका कारण यहाँकी एक क्यान्सर रोग पिडित महिलाको उपचारमा समस्या परेको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्गकी ५४ वर्षिया इन्दिरा उपाध्यायको उपचारमा समस्या परेको हो । फोक्सो र आन्द्राको क्यान्सरबाट ग्रसित महिला विगत ६ महिनादेखि महिनादेखि भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत रहेकी छिन् ।
आर्थिक रुपले विपन्न परिवारकी इन्दिराको उपचारका लागि अहिलेसम्म झण्डै ७ लाख रुपैया खर्च भैसकेको छ । उपचारका लागि जग्गाजमिन र भएको पैसा समेत सकिएपछि थप उपचारमा समस्या भएको परिवारले बताएका छन्् । उनका ६ जना सन्तान रहेका छन् । ती मध्ये चार जना शारिरीक रुपले असक्त र अपाङ्ग भएकाले पनि झनै समस्या परेको उनका श्रीमान बालकृष्ण आचार्यले गुनासो गरे ।
बालकृष्णका २५, २२ र २० वर्षका छोराहरु सुस्त मनस्थिति र अपाङ्गता भएका छन् । जेठा छोराको केहि वर्ष अघि भिरवाट लडेर ज्यान गएको थियो । भने दुई जना मात्र सपाङ्ग छन् । इन्दिराको गत महिना मात्रै शल्यक्रिया गरिएको छ ।
उपचारका लागि डाक्टरहरु रु २० लाख भन्दा बढि रकम खर्च हुने बताएपछि झनै समस्यामा परेको पिडित परिवारका आफन्त तारा सुवेदीले बताईन । उनले कुनै संघ संस्था वा व्यक्तिले आर्थिक सहयोग गरिदिएमा रोगीको उपचार गर्न र परिवारको घरव्यवाहर चलाउन सहज हुने बताईन् ।
बालकृष्णको आधारभूत तहको शिक्षकबाट आउने कमाईले मात्र नपुगेपछि सहयोग जुटाउनुको विकल्प नभएको सुवेदीले गुनासो गरिन् । दुःख पिडामा परेका परिवारलाई थोरै भएपनि सहयोग गरिदिन उनको अपिल छ ।
इन्दिराको उपचारका लागि सहयोग गर्न चाहानेहरुले मुवेदीले गुनासो गरिन् । दुःख पिडामा परेका परिवारलाई थोरै भएपनि सहयोग गरिदिन उनको अपिल छ ।
इन्दिराको उपचारका लागि सहयोग गर्न चाहानेहरुले पिडितका श्रीमान बालकृष्ण आचार्यको नाममा माछापुच्छ«े वैंकमा रहेको खाता नम्वर ४४३६५२४४२८८७८०१९ वा कृषि विकास बैंकमा रहेको ०३१८४०१२७८३९७०१० मा रकम जम्मा गरिदिनुहुन आग्रह गरिएको छ । त्यस्तै सम्पर्क नम्वर ९८६७६२०८६८ वा ९८४७६४४३४४ मा समेत सम्पर्क गरी सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।