मालढुंगा बस दुर्घटना अपडेट ः मृतकको संख्या ७ पुग्यो - News site from Nepal
मालढुंगा बस दुर्घटना अपडेट ः मृतकको संख्या ७ पुग्यो

पर्वत ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो ।
म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नंं ८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन, विषमाया पुन र बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन ।
दुर्घटनामा १७ जना गम्भीर घाइते भएका छन । बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै तल झरेका कारण गम्भीर घाइते हुनेको संख्या बढी भएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । भीरबाट खस्दा कालीगण्डकी नदी किनारका ठुला ढुंगामा ठोक्किएर बढी घाइते भएको देखिएको छ । अहिले सम्म ३४ जना घाइते भएका छन । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।
गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ । पोखरा तर्फ २० जना यात्रु पठाइएको छ । अन्य घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ । .

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!