Breaking News-मालढुंगामा बस दुर्घटना तीन को मृत्यु २० घाईते - News site from Nepal
Breaking News-मालढुंगामा बस दुर्घटना तीन को मृत्यु २० घाईते

कुश्मा । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक तथा घाईतेहरुको सनाखत भने हुन सकिरहेको छैन । अहिले जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाईतेहरुको उद्धार गरी जिल्ला अस्पताल पर्वत र धौलागिरि अञ्चल अस्पताल बागलुङतर्फ पठाएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । विस्तृत बिबरण आउन भने बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!