पर्वत– लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५बि१ ले सञ्चालन गरेको पढाऔं अभियान अन्र्तगत एक बर्षमा झण्डै २० लाख रुपैंया छात्रबृत्ति बितरण गरेको छ ।
क्लबले एक बर्षको अवधीमा बिभिन्न जिल्लाका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई १९ लाख ८७ हजार रुपैया छात्रबृत्ति बितरण गरेको छ ।
आर्थिक अभाबमा बिद्यालय शिक्षा पुरा गर्न नसकेका बिद्यार्थीलाई पढाउनका लागि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५बी१ले गत बर्ष अभियानको रुपा अक्षयकोष स्थापना गरेर छात्रबृत्ति बितरण गर्न थालेको हो । यस बर्ष बिभिन्न जिल्लाका ३ सय ८७ जना बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको क्लबका पुर्ब डिक्ट्रिक्ट गर्भनर धनराज आचार्यले जानकारी दिनुभयो । छात्रबृत्ति बितरणका लाग देशभरका बिभिन्न क्लबका सदस्यहरुले ब्यक्तिगत रुपमा लायन्स मार्फत सञ्चालन गरेका बिभिन्न अक्षयकोषको रकम २ करोड २५ लाख रुपैंया पुगेको छ । अक्षयकोषलाई हरेक बर्ष बढाउँदै लैजाने उदेश्य राखिएको आचार्यले बताउनुभयो ।
यसैबिच लायन्स क्लबहरुका सदस्यहरुले स्थापना गरेका अक्षयकोषबाट पर्वत र बागलुङ्गका बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बिहीबार छात्रबृत्ति बितरण गरिएको छ । पर्वत र बागलुङ्ग जिल्लाका १६ बिद्यार्थीलाई सो अवसरमा छात्रबृत्ति बितरण गरिएको छ । ५ लाख राशीको चन्द्रप्रसाद पौडेल स्मृति लायन्स छात्रबृत्ति अक्षयकोषबाट खरिबोट गोबिन्द देब शर्मा माबिका बिद्यार्थी आयुशा शर्मा, हिमालय माबि खुर्कोटका सब्दिन नेपाली र संगिता नेपाली, शिबालय माबि कुस्माकी अञ्जु राई, नारायण माबिकी सदिक्षा माझीलाई छात्रबृत्ति बितरण गरिएको थियो ।
यसैगरी ५ लाख ५५ हजार ५ सय ५५ नन्दकली स्मृति लायन्स छात्रबृत्ति अक्षयकोषबाट रुद्रेपिपल माबि बागलुङ्गका आशिष बिक र अशोक आले, एक लाख राशीको टेकनारायण÷ देउकुमारी स्मृति लायन्स छात्रबृत्ति अक्षयकोषबाट बालमन्दिर आधारभूत बिद्यालयका लक्ष्मी आचार्य र मार्था पुन, ७० हजारको मिरा घिमिरे सम्मान लायन्स छात्रबृत्ति कोषबाट हलहले आधारभूत बिद्यालयका श्रीष पुन , एक लाख इश्वर मनमाया लायन्स छात्रबृत्ति अक्षयकोषबाट सोही बिद्यालयका सफल चोचाङ्गीलाई छात्रबृत्ति बितरण गरिएको छ । यस्तै एक लाख हेमबहादुर गौरीमाया खत्री लायन्स छात्रबृत्ति अक्षयकोषबाट बाट जनकल्याण आधारभूत बिद्यालय बागलुङ्गका शिला किसान र सबिन भण्डारी , ५० हजार राशीको शिबालय माबि २०५८ एसएलसी ब्याच लायन्स सम्मान लायन्स छात्रबृत्ति अक्षयकोषबाट शिबालय माबिकी दिपीशा परियार, ५० हजारको काशीराम लामिछाने स्मृति लायन्स लायन्स छात्रबृत्ति अक्षयकोषबाट अर्मादी आधारभूत बिद्यालयका रञ्जित बिकलाई सम्मान गरिएको थियो ।
बिद्यार्थीहरुलाई कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले नगद हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीका लागि लायन्स क्लबले सञ्चालन गरेको पढाऔं अनुकरणीय अभियान भएको बताउँदै यस्ता अभियानले गरिब तथा जेहेन्दार बिद्यार्थीले धेरै अवसर पाउन सक्छन भन्नुभयो । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख उद्दिमराज पौडेलले सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था जर्बजस्त सुधार गर्नुपर्ने बाध्यता रहेको अबस्थामा यस्ता छात्रबृत्तिले ठुलो सहयोग पाउनेछन भन्नुभयो । कार्यक्रमा डिस्ट्रिक्टका सिनियर एड्भाईजर बसन्तकुमार कर्माचार्यले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।