
पर्वत– लायन्स क्लव अफ भूमेकोटको प्रथम अधिबेशन सदरमुकाम कुश्मामा आज सम्पन्न भएको छ । लायन्स क्लवहरुको भीडमा सातौँ क्लवको रुपमा २०१८ अक्टोवरमा गठन भएको हो ।
क्लवको आज सम्पन्न अधिबेशनले अध्यक्षमा नवराज भण्डारी, प्रथम उपाध्यक्षमा राधाकुमारी कुँवर क्षेत्री, दित्तिय उपाध्यक्षमा नारायण कुँवर, तृतिय उपाध्यक्ष धनकुमारी सुबेदी, सचिवमा गणेशबहादुर भण्डारी, कोषाध्यक्षमा खगेश्वरी शर्मा सहित २२ जना सदस्य रहेका छन् । लायन्स क्लवका ३२५ वि वानका को चिफ एडभाईजर काशीकुमार जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवामा समर्पित भएका व्याक्तिहरुको विश्वव्यापी संस्थाको रुपमा लायन्स क्लवहरुले काम गर्दै आएको बताउँदै लायन्सकर्मीहरुलाई क्लवमा आवद्ध भई इमान्दारपूर्व काम गर्न आग्रह गर्नुभयो । जोशीले कुनै लाभका लागि नभई निस्वार्थ सेवाका लागि आफुहरु संस्थामा आवद्ध भएर काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रिजन चियर पर्सन सरस्वती भण्डारी, जोन चियर पर्सन अर्जुन चापागाई, अजिता शर्मा, लायन्स क्लव अफ ब्रिज सिटीका अध्यक्ष विमलशर्मा पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्स क्लव अफ भूमेकोट सातौँ क्लवको रुपमा पर्वतमा स्थापित भएकोमा सफलताको शुभकामना दिनुभयो । लायन्स क्लव अफ भूमेकोटका अध्यक्ष नवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डाईरेक्टर तेजेन्द्र सुबेदीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गणेशवहादुर भण्डारीले गर्नुभयो ।
उक्त कार्यक्रममा ध्वजाको अभिवादन तृतिय उपाध्यक्ष धनकुमारी सुबेदीले गर्नुभएको थियो ।
अधिवेशनले पुरानै समितिलाई निरन्तरता दिएको छ ।