
पर्वत– पर्वतमा चट्याङ लागेर एक महिलाको ज्यान गएकोे छ । जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ हलहलेमा सोमवार राती ८ बजे परेको चट्याङ लागेर स्थानीय प्रेम पुनकी २२ बर्षिया श्रीमती तारादेवी पुनको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार चट्याङ लागेपछि बेहोस बनेकी पुनको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा नै ज्यान गएको हो । घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । मृतक पुनको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । चट्याङका कारण गाउँमा अन्य क्षतिपनि पुगेको बताईएको छ ।
पर्वतमा पछिल्लो समय लगातार हाबाहुरी, असिनापानी र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।