पर्वतमा यसरी मनाईयो २१ औ भुकम्प सुरक्षा दिवस - News site from Nepal
पर्वतमा यसरी मनाईयो २१ औ भुकम्प सुरक्षा दिवस

पर्वत- २१ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । भुकम्प सुरक्षा दिवस समारोह समितिको आयोजनामा आज विहान रेडियो परिसंवाद, प्रभातफेरी र फलफुल वितरण गरेर मनाईएको हो ।
दिवसको सन्दर्भमा पञ्चासे एफ.एमको स्टुडियोमा रेडियो शालिग्रामबाट समेत प्रशारण हुनेगरी परिसंवाद कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहरबी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख जगदिश शर्मा पौडेल र आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख खिमबहादुर भुजेलले समग्र भुकम्प प्रतिरोधी संरचनाको निर्माण, पुर्ननिर्माणको अवस्था, भकुम्पिय जोखिम र सुरक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।
परिसंवाद पछि जिल्ला प्रशासन कार्यालयका प्राङ्गगणबाट शुरु भएको प्रभातफेरी कुश्माबजार परिक्रमा गरी जिल्ला अस्पतालमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले हामीले निर्माण गरिने हरेक संरचनाहरु भुकम्प प्रतिरोधि हुनुपर्ने बताउनुभयो । भुकम्प जुनसुकै बेलापनि जान सक्ने प्राकृतिक कारण भएकाले यसबाट बच्नका लागि हामीपनि सवै समय सचेत हुनुपर्ने बताउँदै पुर्ननिर्माण र नबनिर्माणलाई भुकम्प प्रतिरोधी र जोखिमरहित बनाउन सवैको सहकार्य आवश्यक हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जिल्लामा निम्तिने जस्तोसुके विपत्तिपछि आईपर्ने समस्यामा उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले विभिन्न निकायसँग सहकार्य गरेर तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले जोखिम पछिको उद्धार र राहत भन्दा पनि जोखिमको अवस्था आउनै नदिनका लागि सचेत हुनुपर्ने बताउनुभयो । उहाँले प्रशासनले सवै पक्षसँग सहकार्य गरेर विपत व्यवस्थापनको काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो । अस्पतालमा उपचारका लागि आएका ६ जना बिरामीहरुलाई दिवसको अवसरमा स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरिएको हो । फलफुल वितरणको संयोजक उद्योग बाणिज्य संघले गरेको थियो । परिसंवाद कार्यक्रमको संचालन पत्रकार लक्ष्मण सापकोटाले गर्नुभएको थियो भने अन्य कार्यक्रम जिल्ला समन्वय अधिकारी विष्णु भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!