प्रधानमन्त्री थकित हुनुभएको हो, स्वास्थ्य ठीक छ : विष्णु रिमाल - News site from Nepal

काठमाडौं– सिंगापुरमा उपचार गरेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्रीकै स्वास्थ्यका कारण हिजो (बिहीबार)का लागि बोलाइएको नेकपा सचिवालयको बैठक आज (शुक्रबार) ३ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री सरकारको बाक्लो कामको धपेडीका कारण थकित भएको भन्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधामन्त्रीको स्वास्थ्य ठीक रहेको बताएका छन् ।

रिमालले भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो । जसका कारण सचिवालय बैठक एक दिनका लागि स्थगित भयो। यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ । उहॉ बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ।’

रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!