लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको मुडिकुवामा चितुवाको आतंक, गाई बाख्रा लाई आक्रमण - News site from Nepal
पर्वतको मुडिकुवामा चितुवाको आतंक, गाई बाख्रा लाई आक्रमण

पर्वत- पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा चितुवाको आतंक बढेको छ । केही दिनेदेखि देखिएको बाघले तीनवटा बाख्रा समेत मारिदिएको छ ।
उन्नत जातका दुईवटा माऊ र एउटा बोको बाघले खाएको हो । वडा नं ४ को शिर्सुवामा विनिता गौडेलले पाल्नुभएका बाख्रा कटेरामा बाँधेकै अवस्थामा मारेको थियो । बाघले मान्छेलाई नै नटेरेको स्थानीयले बताएका छन् । गौडेलका ब्याउने अवस्थामा रहेका दुईवटा माऊ र बोको मारेर झण्डै ४२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बाघले बाख्रा मारेपछि स्थानीयमा सन्त्रास फैलिएको छ । घरवरपर भएको बाक्लो जंगलका कारण बाघ सोही क्षेत्रमा लुकिछिपी रहेको स्थानीयले बताएका छन् । स्थानीयको खोरमा राती बाघले खोस्रेको स्थानीय अर्जुन क्षेत्रीले बताउनुभयो । वाघले सताएपछि स्थानीयले जिल्ला वन कार्यालय पर्वतमा क्षतिपूर्ति माग गर्ने सिलसिलामा मुचुल्का समेत गरेका छन् ।
यता जिल्ला वन कार्यालयले भने स्थानीयको क्षति ठूलो भएपनि क्षतिपूर्ति स्वरुपको रकम न्यून दिने गरेका छन् । वाघले साविकको मुडिकुवामा केही समय अगाडी गाई र बाख्रा मारेको थियो । स्थानीयका अनुसार सो क्षेत्रमा ठूलो वाघ रहेको छ । स्थानीयवासी वसन्त क्षेत्रीका अनुसार एउटै किसानका तीनवटा बाख्रा बाघले मारिदिंदा झण्डै ५० हजारको हाराहारीमा क्षति हुन्छ, तर वन कार्यालयले न्यून रकम दिंदा किसान मर्कामा पर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!