राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशन, अध्यक्षमा प्रधान - News site from Nepal

पर्वत–नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा आज सम्पन्न भएको अधिवेशनले बलवहादुर पुन ‘प्रधान’ को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लालवहादुर आले मगर, सचिवमा लालवहादुर पुर्जा, कोषाध्याक्षमा देवी पाईजा चयन भएका छन् । समितिको सदस्यहरुमा टिकाराम श्रीस मगर सुजन पुन मगर, अमरवहादुर पुन, मेकवहादुर पुन, धनवहादुर थापा र जगवहादुर पुन चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गदै अब कांग्रेस निकट सबै संस्थाहरु संगठित भएर जुर्मुराउनुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले कांग्रेसले यतिबेला देशभर जागरण अभियान चलाइरहेको जानकारी गराउँदै अहिलेको सरकारले गरेका खराव काम र आचरणको भण्डाफोर गर्नुपर्ने बेला आएको बताउनुभयो ।
कुश्मामा रेल स्टेसन बनाउने चर्काचर्का भाषण गरेर दुई तिहाइको सरकार हाँकेका ओलीको आधा कार्यकाल सकिन लाग्दा समेत जनताले विकासको सट्टामा झनै जनतालाई दुःख दिने काम गरिरहेको भन्दै सरकारले दिएको झुटा आश्वासनबारे जनतालाई स्मरण गराए मात्रै पनि कांग्रेसको जनमत बृद्धी हुनेमा विश्वस्त भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मगर संघका केन्द्रिय अध्यक्ष ओम थापा, नेपाली काँग्रेस पवतका सभापति खिमप्रसाद भुषाल, पूर्व पार्टी सभापति नवराज गुरुङ, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, उपप्रमुख सिताकाफ्ले लामिछाने, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, जलजला गाउँपालिकाकी उपाध्याक्ष सिमा गर्वुजा लगायतले बोल्नुभएको थियो ।
बलवहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य होमवहादुर पुन र कार्यक्रमको संचालन कुलवहादुर पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!