
पर्वत– दुबै मृगौला फेल भएपछि पर्बतका एक युबकले आफ्नो जिबन बचाइदिन अपिल गरेका छन् ।
पर्बतको कुस्मा नगरपालिका वडा नं १२ ठुलिपोखरी स्थित अर्घसेका बुद्धि प्रसाद सुबेदीका दुबै मृगौला फेल भएपछि अहिले जीवन मरणको दोसाँधमा रहनुभएको छ । विपन्न परिवारका उहाँको उपचारमा आर्थिक अभाब हुँदा समस्या परेको छ । घरको आर्थिक अबस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहनुभएका सुवेदी अहिले काठमाण्डौका विभिन्न अस्पतालमा उपचार गराईरहनुभएको छ ।
उनि रोजगारीको सिलसिलामा बिगत २६ बर्ष देखी भारतको नयाँ दिल्लीमा बस्दै आउनुभएको थियो । तर उहाँका दुबै मृगौला फेल भएपछि उनी अहिले नेपाल आउनुभएको छ । घरमा उहाँका एक छोरी र दुइ छोरा रहेका छन् । कमाउने मान्छे नै बिरामी भएर थला परेपछि अहिले उहाँको परिवारमा ठुलो आर्थिक संकट परेको छ ।
सुवेदीले बिगत एक महिना देखी पोखरा तथा काठमाण्डौका बिभिन्न अस्पतालहरुमा मृगौलाको उपचार गराइरनुभएको छ । सुवेदीकी श्रीमती लक्ष्मी सुबेदीले आफ्नो मृगौला दिएर बचाउछु भन्दा पनि प्रत्यारेपणका लागि आबस्यक खर्च जुटाउन नसक्दा समस्या परेको गुनासो गर्नुभयो । लक्ष्मीले भन्नुभयो ‘ मेरो मृगौला दिएर श्रीमान लाइ बचाउछु भन्दा पनि पैसाको अभाब भयो ।’
आर्थिक अबस्था कमजोर भएका कारण श्रीमानको उपचारमा समस्या देखियो लक्ष्मीले रुदैँ भन्नुभयो–‘ कसैले सहयोग गरेमा उहाँले पुर्नजन्म पाउनुहुन्थ्यो ।’ एक महिनाको अवधिमा कमाएको सवै पैसा सकिएपछि अब घर फर्किएर मृत्यु कुर्नुको विकल्प नरहेको आफन्तहरुले बताएका छन् । बुद्धिप्रसाद सुबेदीलाइ सहयोग गर्न चाहानेले कृषि बिकास बैङ्कको खाता नं ०३१६४०१४३६४१८०१५ मा रकमा जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । उहाँको जीवन रक्षाका लागि विभिन्न संघ संस्था, सरकारी निकाय र आफन्तहरुले सहयोग गरिदिन परिवारले समेत अपिल गरेको छ ।
मृगौला प्रत्यारोपणका लागि ठुलो खर्च लाग्ने भएकाले उहाँलाई सहयोग गर्नका लागि यस अनलाईनमा समेत सम्पर्क गर्नुहुन अनुरोध छ ।