पर्वतको मोदीवेणीका शालिग्राम शीलालाई यसरी घुमाईयो कुश्माबजार - News site from Nepal

पर्वत– चोरी भएर फेरि भेटिएका शालिग्राम शिलालाई सोमवार रथमा राखेर कुश्मा बजार परिक्रमा गराईएको छ ।
मोदीबेनी स्थीत नृसिँह मन्दिरबाट चोरी भएर भेटिएका शालिग्राम शिला बोकेर भक्तजनहरुले रथयात्रा र शोभायात्रा गराएका हुन् । वडागाउँ बाट बजार परिक्रमा गर्दै जिल्ला प्रसासन कार्यालयमा बाजागाजा, भजनकिर्तन र झाँकी सहित शोभायात्रा गराईएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासन कार्यालयको प्राङ्गणमा राखेर केहिवेर पुजा अर्चना समेत गर्नुभएको थियो । प्रशासन र प्रहरीको विशेष सक्रियतामा चोरी भएका शीलाहरु भेटिएको भन्दै प्रशासन र प्रहरी कार्यालयमा पु¥याईएको थियो ।
गएको फागुन ४ गते हराएका ४७ वटा शालीग्राम शिला २० दिनपछि प्रहरीले खोजतलासको क्रममा फेला पारेको थियो । हराएका शिला भेटिएपछि तिनीहरुको शोभायात्रा आज गरिएको हो । ति शिलालाई आगामी जेठ ३ गते नृसिँह भगवानको जन्मोत्सव परेको हुँदा सोहि दिन क्षमापूजा गरेपछि मात्रै मन्दिरको सिँहसानमा राखिने भएको छ । नृसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जेठ ३ गते भव्य पूजाआजा, भजन किर्तन गरेर मन्दिरमा शिला प्रतिस्थापन गरिने बताउनुभयो ।
३ देखि ४ गते सम्म अखण्ड किर्तन समेत आयोजना गरिएको छ । मोदीबेनी र शालिग्रामको धर्मग्रन्थमा ठुलो महत्व रहेको उल्लेख छ । भगवानकै शक्तिका कारण हराएका शालिग्राम फेला परेको धर्मानुरागीहरुको दाबी छ । शालिग्रामलाई विष्णुको साक्षत रुप मानेर हिन्दुधर्ममा आस्था राख्नेहरुले पुज्ने गरेका छन् । शालिग्रामलाई तुलसीको मोठ र पूजाकोठामा राखेर नित्य पूजा गर्दा धेरै बाधा व्यवधान बाट मुक्ति पाईने विश्वास समेत रहेको छ । २ सय वर्ष पुराना प्राचिन दुर्लभ नृसिँह मन्दिरमा अति नै पौराणिक शालिग्राम शिला संग्रह गरेर राखिएको छ ।
यस अघि जगतगुरुले हराएका शालिग्राम भेटिएको भन्दै प्रमुख जिल्ला अधिकारी ढकाल र तत्कालीन प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!