नेकपा सचिवालय बैठक आज बस्दै, कार्यविभाजनको टुंगो लगाउने कार्यसूची - News site from Nepal

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले स्कूल विभाग लगायत नेताहरुको कार्यविभाजनको टुंगो लगाउने कार्यसूची रहेको छ । नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ ।

विभागमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी छ । स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ ।

अन्य विभागको अनौपचारिक टु‌गो लागे पनि पार्टी एकता भएको एक वर्ष पूरा हुँदा समेत अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!