कार्यकर्तालाई शसक्त बनाउँदै नेकपा पर्वत जलजलामा नेकपाको प्रशिक्षण कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत–नेपाल कम्युनिष्ट पार्टी जलजला गाउँपालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जलजला गाउँपालिकाको वडा नं. १ देखि चार सम्मका नेता तथा कार्यकर्ताहरुलाई नेकपाको पछिल्लो अवस्था र आगामी कार्यदिशा र सरकारका गतिविधिका बारेमा प्रशिक्षण संचालन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले लामो संघर्षपछि मलुकले स्थायी सरकार पाएको बताउँदै अब मुलुक समृद्धि र विकास निर्माणको युगमा प्रवेश गरेको बताउनुभयो । हमालले सवैखाले राजनीतिक लडाईहरु सकिएकाले अब विकास निर्माण र आर्थिक समृद्धिमार्फ मुलुकको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेता हमालले नेकपाको नेतृत्वमा रहेको स्थायी सरकारले मुलुकलाई दिशानिर्देश गर्ने बताउँदै तल्लो तहदेखि सरकारलाई सघाउ पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मुलुकलाई सहि दिशातर्फ लैजानुपर्ने भएकाले अध्यक्षद्वयको व्यवस्तताले पार्टीका तल्ला संरचनाहरु समयमा बन्न नसकेको बताउँदै आगामी एक साता भित्र अधिकांस संगठनहरुको एकताको खाका तयार हुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले अब हरेक क्षेत्रको विकासलाई एकीकृत रुपमा अघि लैजानुपर्ने बताउनुभयो । उहाँले कुनैपनि विकास निर्माणका काममा ढिलासुस्ती, अनियमितता गर्न नहुँने बताउँदै स्थायी सरकारलाई सफल बनाउने जिम्मेवारी तल्लो तहका कार्यकर्ताहरुमा पनि निर्भर हुने बताउनुभयो । सुवेदीले पार्टीको तल्लो तहसम्मको एकीकरणमा ढिलाई हुँदा कार्यकर्तामा केहि निरासा देखिएको बताउँदै अब प्रतिक्षाको घडि समाप्त भैसकेको बताउनुभयो ।
सो अवसरमा बर्तमान सरकारका गतिविधि र कामबारे प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी र पार्टीका समग्र गतिविधि, पार्टीको केन्द्रि र जिल्ला तहसम्मका आगामी कार्यभार, निति, बिचार र कार्यक्रमका बारेमा केन्द्रिय सदस्य गुप्त हमालले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेकपाका नेतारु दुर्गा दर्जी, दिपक आचार्य, बाबुराम कार्की लगायतले पनि बोल्नुभएको थियो ।
त्यस्तै हिजो जलजलाको वडा नं. ५ र ६ मा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!