पर्वत काँग्रेसको चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न - News site from Nepal
पर्वत काँग्रेसको चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न

पर्वत –नेपाली काँग्रेस पर्वतले दशैँ, तिहार, छठ, नेपाल संवत, ईद लगायतका चाडपर्वका उपलक्ष्यमा आज शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागीहरुले शुभकामना आदनप्रदान सहित सहमती र सहकार्यतामा जोड दिएका छन् ।
देशमा राजनीतिक सहमती हुन नसकेको बताउँदै वक्ताहरुले प्राप्त उपलब्धीहरुको संस्थागतका लागि पार्टिहरुका बिचमा सहमती र सहकार्य आवश्यक रहेको कुरामा जोड दिईएको हो । विपी कोईरालाले सहमती र सहकार्यको नीति लिएर स्वदेश फर्किएपछि चियापान कार्यक्रमको शुरुवात गरेको स्मरण गर्दै विपीको मेलमिलापको सिद्धान्त अहिलेपनि सान्दर्भिक रहेको बक्ताहरुले बताए । जिल्ला सभापति खिमप्रसाद भुसालले दुई तिहाई मत प्राप्त नेकपाको सरकारबाट जनताले लिएका अपेक्षा पुरा हुन नसकेको भन्दै सरकारलाई सच्चिन सुझाव दिनुभयो । उहाँले अरु पार्टिको अस्तित्वको कुनै ख्याल नै नगरि सरकार अगाडी बढेको भन्दै सहमती र सहकार्यलाई नभुल्न भुसालले सुझाव दिनुभयो । संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको सरकारले संविधान प्रतिकुल हुने गरि विभिन्न कृयाकलाप गर्दैै आएको भुसालको आरोप थियो ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले देशलाई समृद्ध बनाउन र समाजवाद तर्फ उन्मुख हुने दिशामा सरकार लागेको बताउनुभयो । उहाँले काँग्रेसले हरेक वर्ष चियापान कार्यक्रम गरेर एक आपसमा हार्दिकताको सञ्चार गर्र्दै आएको बताउँदै पौडेलले लोकतन्त्रको रक्षाका लागि आपसी मनमुटावहरुलाई त्याग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी, नेपाली काँग्रेसका महासमिति सदस्य मिना केसी, राप्रपाका उपाध्यक्ष प्रकाश पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसका सल्लाहकार लोकनाथ आचार्य, पूर्व जिल्ला सचिव धनन्जय अधिकारी, महाधिबेशन प्रतिनिधी जीतवहादुर सुनार ‘शेरबहादुर’ , जिल्ला सदस्य निर्मल विश्वकर्मा , नेपाली काँग्रेस फलेवास नगर सभापति हिरामणी सापकोटा, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक शिवशर्मा अधिकारी, नेपाली काँग्रेस प्रदेश ‘क’ का सचिव कृष्ण प्रसाद लामिछाने , कुश्मा नगरपालिका ४ का वडाध्यक्ष मीना कमाचार्य, नेपाल पत्रकार महासङका अध्यक्ष छबिलाल तिवारी, रेडक्रस सभापती रुद्रबहादुर रिमाल, व्यवासायी लेखनाथ शर्मा, ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, महिला संघका सचिव मुना शर्मा लामिछाने, जेसिज पर्वतका अध्यक्ष मोहन आचार्य, नेवि संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका इकाई सभापति शिशिर शर्मा पौडेल लगायतले बोल्दै शुभकामना व्यक्त गर्नुभयो ।
जिल्ला सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपसभापती दुर्गाबहादुर खत्री र सञ्चालन जिल्ला कार्यसमितिका सदस्य डाक्टर चुडामणी शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!