पर्वतको गुप्तेश्वर गुफामा भक्तजनलाई लायन्स क्लव अफ कुश्मासिटीद्धारा पानी र फलफुल वितरण - News site from Nepal

पर्वत–सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कुश्मा सिटीले सोमवार गुप्तेश्वर गुफामा पिउने पानी र फलफुल सहयोग गरेको छ ।
साउन महिनाको अन्तिम सोमवार गुफामा दर्शन गर्न आउने भक्तजनहरुको अवस्थालाई मध्यनजर गरी पिउने पानीको सहयोग गरिएको हो । त्यसैगरी भक्तजनहरुका लागि फलफुल समेत प्रसादको रुपमा वितरण गरेको थियो । क्लवले पूर्व अध्यक्ष चित्रकला शर्मा र डाईरेक्टर रेणु जोशीको जन्मदिनको अवसर पारेर  गुप्तेश्वर गुफा व्यवस्थापन समितिलाई बस्नका लागि कुर्चि समेत सहयोग गरेको हो ।
त्यसैगरी सोमवारनै क्लवले क्यान्सर रोग पिडित कुश्माका युवा मिन परियारलाई रु १६ हजार पाँच सय रुपैया नगद हस्तान्तरण गरिएको लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष मञ्जु शिलाकारले जानकारी दिनुभयो । पिडितको उपचारमा सघाउ पुगोस भनेर  उक्त रकम सहयोग गरिएको क्लवले जनाएको छ । कार्यक्रममा जिल्लाका अन्य लायन्स क्लवका अध्यक्ष लगायत प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लवका को चिफ एड्भाईजर एम जे एफ बसन्तकुमार कर्माचार्यको प्रम्ख आतिथ्यता रहको थियो । सो अवसरमा कर्माचार्यले सामाजिक सेवामा महिलाहरुले देखाएको सक्रियताका प्रसंसा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari