लोकदोहोरी प्रतिष्ठान पर्वतको अध्यक्षमा गदाल - News site from Nepal
लोकदोहोरी प्रतिष्ठान पर्वतको अध्यक्षमा गदाल

पर्वत : राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्य समिति पर्वतको नवौँ साधारण सभा तथा ५ औँ अधिबेसन सम्पन्न भएको छ ।
अधिबेसनबाट अध्यक्ष दीपक गदालको अध्यक्षतामा सर्वसम्मत रुपमा २५ सदस्यीय कार्यसमिति निर्माण भएको छ । गदाल यस अगाडिको समितिमा पनि अध्यक्ष नै भएर काम गरेका थिए । प्रतिष्ठानको नियम अनुसार कार्यसमितिमा निवर्तमान अध्यक्षलाई पदाधिकारीको रुपमा राख्ने नियम अनुसार त्यस पूर्वका अध्यक्ष आर.सी. पौडेललाई पदाधिकारीमा राखिएको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा पूजा पौडेल कार्की, द्धितिय उपाध्यक्षमा राजकुमार विश्वकर्मा, महिला उपाध्यक्षमा मञ्जु बि.क., सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा ज्ञानु कुमारी शर्मा, सह सचिवमा सूदीप क्षेत्री, सह कोषाध्यक्षमा कमलादेवी शर्मा र प्रवक्ता सदस्यमा धनराज सुवेदी शर्मा चयन भएका छन । समितिका सदस्यहरुमा राज विश्वकर्मा, भिमराज परियार, सुमन के.सी, प्रकाश पौडेल, सिता पौडेल, विकासराज पौडेल, सरोज खनाल, नवीन घिमिरे, प्रकाश रेग्मी, निर्मल पौडेल, कमला लामिछाने, ध्रुव शर्मा, गंगाराम परियार र जयराम परियारलाई चयन गरिएको लागि राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिका प्रथम उपाध्यक्ष तथा महाधिबेसन निर्वाचन समितिका संयोजक पशुपति शर्माले बताए ।
साधारण सभापछि सोमबार दिउसो ४ बजेबाट बन्द सत्र सुरु भएको भएपनि निकै लामो कसरतपछि राती १० बजे मात्र सर्वसम्मती भएको हो । सबै पदहरुमा कुरा मिलेको भएपनि अध्यक्ष पदमा अघिल्लो कार्यसमितिका अध्यक्ष दीपक गदाल र प्रथम उपाध्यक्ष पूजा पौडेल कार्कीको बीचमा रस्साकस्सी भएपछि प्रतिष्ठानको केन्द्रिय समितिबाट आएको निर्वाचन समितिलाई पनि सहमति जुटाउन निकै सकस परेको थियो ।
निर्वाचनको लागि आएका केन्द्रिय र प्रदेश समितिका पदाधिकारी तथा प्रतिनिधि सहित जिल्लाका कलाकारहरुले पनि अबेरसम्मको प्रयासमा सर्वसम्मतीमा अधिबेसन टुंगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari