पर्वतकै नमुना दक्षिणा सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत–महिलाहरुको मात्र व्यवस्थापन र सवैभन्दा ठुलो लगानीमा संचालित श्री दक्षिणा बचत तथा ऋण सहकारी संस्था लिमिडेट कुश्मा पर्वतको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले अबको युग भनेको आर्थिक समृद्धिको भएकाले सहकारीमार्फत आयआर्जन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय वित्तिय संस्थाहरु खुल्ने र अन्य ठाउँबाट शाखा विस्तार गर्नुका साथै नागरिकहरुको आकर्षण बढ्दै गएको बताउँदै स्वस्थ्य प्रतिस्पर्धा गरेरै अघि बढ्नुपर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष निला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सल्लाहाकारहरु होमनारायण श्रेष्ठ, सुवर्ण अर्याल, राजेश श्रेष्ठ, पत्रकार दुर्गाप्रसाद शर्मा र लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । त्यसैगरी सहकारीका कार्यसमतिका पदाधिकारी र कर्मचारीहरुले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन दक्षिणा बचत तथा ऋण सहकारी संस्थाका सचिब माया अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!