लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतमा राष्ट्रिय भलिबलको रमाईलो, भोली शसस्त्र र न्यू डायमण्ड भिड्दै - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा जारी तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा शसस्त्र प्रहरी र न्यू डाएमण्ड एकेडेमी भिड्ने भएका छन् ।
लिग कम नक आउटको आधारमा भएको खेलमा शसस्त्र प्रहरीले नेपाल पुलिस क्लबको समूहलाई हराएको हो भने न्यू डाएमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबको समूहलाई पराजित गरि फाईलनमा पुगेको हो । बेस्ट अफ फाईभ को आधारमा खेलाईएको पहिलो खेलमा शसस्त्र प्रहरी र नेपाल पुलिस क्लबको बीचमा प्रतिस्पर्धा भएको थियो । जसमा शसस्त्रले २५–१४, २५–१६, २५–१८ अंकको साथमा लगातार तीन खेलमा जित हात पार्दै पुलिसलाई पराजित गरेको हो ।
यस्तै, दोश्रो खेलमा न्यू डाएमण्ड एकेडेमीले खेलेका ५ सेटमध्ये ३ सेट जितेर त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । शुरुका २ सेट आर्मीले २५–१७ र २६–२४ को अन्तरमा जितेको थियो । त्यसपछिका ३ सेट डायमण्डले २५–१८, २५–२२ र १७–१५ अंकको साथमा लगातार जितेको हो । प्रतियोगिताको फाईनल खेल बुधबार हुँदै छ । यसगैरी तेश्रो स्थानको लागि बुधबार नै आर्मी र पुलिसको टीम भिड्दै छन् ।
प्रतियोगितामा बिजेता बन्ने टोलीले रु.२ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै, दोस्रो हुनेले रु.१ लाख र तेस्रो हुनेले रु.५० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
महिलाहरुको मात्र व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनीले हरेक बर्ष महिला महोत्सवको अवसरमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगितको आयोजना गर्दै आएको छ । यस बर्षको प्रतियोगितामा कुल ५ समूहले भाग लिएका थिए । गण्डकी प्रदेशको टोली यसअघि नै प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!