प्रवासी नेपालीद्धारा दुर्लुङ्गका विपन्न बालबालिकालाई न्यानो कपडा र झोला वितरण - News site from Nepal

पर्वत– रोजगारीका लागि अस्ट्रेलिया पुगेका नेपालीहरुको संस्था राईजिङ नेपाल सिड्नी अष्ट्रेलियाले पर्वतका दुई सामुदायिक बिद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई न्यानो कपडा र झोला वितरण गरेकमो छ ।
पर्वतको कुस्मा नगरपालिकाका वडा नं. ३ दुर्लुङमा रहेका काफलचौर माध्यमिक विधालय र जनश्रम प्राथामिक विद्यालयका ६४ जना बालबालिकालाई न्यानो कपडा स्वीटर, टोपी र झोला वितरण गरिएको राईजिङ नेपाल सिड्नीका सचिब झलक गुरुङ्गले जानकारी दिए । उक्त संस्थाले पर्वतको दुर्लुङ्गमै छायांकन भएको बलेनी नामक चलचित्र को च्यारिटी सो बाट संकलन गरेको रु ४० हजार रुपैयाले उक्त पोसाक वितरण गरिएको सचिब गुरुङ्गले बताए ।
सोमवार काफलचौर माविमा एक कार्यक्रमको आयोजना गरी ५० जना र जनश्रम प्रा.विका १४ जना विधार्थीहश्रलाई उक्त सामाग्री वितरण गरिएको गुरुङले जानकारी दिए ।
कार्यक्रममा सामाग्रीहरु वितरण गर्दै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङका वडाअध्यक्ष तेजप्रसाद पाध्याले न्यानो कपडा वितरणले विधार्थीहरुलाई राहत मिलेको वताए । पाध्याले राईजिङ नेपाल सिड्नी अष्ट्रेलिया लाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि विधालयमा अन्य सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा काफलचौर माध्यमिक विधालयका प्रद्यानाध्यापक लक्ष्मण गौतम, समाजसेवी धनराज गुरुङ, झलक गरुङ, महेन्द्र गुरुङ्ग लगायतले वोलेका थिए । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष प्रताप गिरीको अध्यक्षता र शिक्षक दिवाकर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!