कांग्रेसमा आन्तरिक विवाद चुलियो आज दिउँसो २ बजे केन्द्रीय समिति बैठक - News site from Nepal

काठमाडौं – केन्द्रीय पदाधिकारी र सदस्य स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने नबन्ने बिषयले नेपाली कांग्रेस आन्तरिक विवादमा चुलिएको छ ।
निर्वाचनबाट प्रतिनिधि बन्नु पर्ने संस्थापन पक्ष र महासमिति बैठकमा भएको सहमति कार्यान्वयन हुनु पर्ने संस्थापनइतर पक्षका नेताको फरक धारणाले केन्द्रीय कार्यसमिति बैठक आरोप प्रत्यारोपमा केन्द्रित छ ।
सवैलाई समान अवसरको आवाज उठाउदै संस्थापन पक्षका नेताले निर्वाचित भएर आउनु पर्ने प्रावधान नराखिए पार्टी दुर्घटनामा पर्ने औल्याएका छन् । संस्थापन इतर पक्ष भने केन्द्रीय पदाधिकारी र सदस्य स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने पूर्ववत प्रावधानलाई कायम राख्नु पर्ने पक्षमा देखिएको छ । पार्टीको विधान अनुमोदन लगायतको एजेण्डा सहित पछिल्लो समय जारी केन्द्रीय कार्यसमिति बैठक विधानमा मात्र केन्द्रित बन्न पुगेको छ । जसले राष्ट्रिय राजनीति सहित भ्रातृ संगठनहरुको बिषय समेत ओझेलमा पारेको छ ।
नेविसंघको कार्यसमितिबारे निर्णय लिन नसक्दा अध्यक्ष नैनसिंह महरले हिजो राजीनामा दिएका छन् । महाधिवेशन गराउन तदर्थ समिति गठन गर्ने बारे छलफल सुरु हुन सकेको छैन ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज दिउँसो २ बजेका लागि बोलाईएको केन्द्रीय समिति बैठकमा विधानबारे बोल्न बांकी सदस्यले धारणा राख्ने सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सदस्यहरुले बोलेपछि मात्र केन्द्रीय पदाधिकारी र सदस्य स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने वा निर्वाचित भएर आउने भन्ने निर्णय हुने नेता यादवको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!