मन्दिर पुनःनिर्माणका लागि एक लाख तीस हजार सहयोग - News site from Nepal
मन्दिर पुनःनिर्माणका लागि एक लाख तीस हजार सहयोग

पर्वत । पर्वतको जलजला गाउँपालिका २ पूर्णगाउँमा रहेको गर्ग गोत्रीय घर्ती क्षेत्री (जिसी) लामीछाने बन्धुहरुको कुल मन्दिर जिर्णोद्धारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । बागलुङको सिगाना, कोरीखोला, काठेखोला र चनौटेका जिसीहरुले एक लाख तीस हजार ६० रुपैयाँ पुननिर्माण समितिका अध्यक्ष प्रकाश जिसी र बन्धु समाजका महासचिव थलबहादुर जिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
लामीछाने जिसीहरुको उद्गम स्थल पूर्णगाउँमा रहेको कुल मन्दिर जिर्ण भएकाले पुननिर्माणका लागि आर्थिक सहयोग जुटाउन थालिएको डम्मरबहादुर जिसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!